सीमामा खटिने सशस्त्र प्रहरीलाई नेपाली सेनाले दियो ६ सय इन्सास राइफल

काठमाडौँ, १४ साउन । नेपाली सेनाले सशस्त्र प्रहरी बललाई ६ सय वटा इन्सास राइफल हस्तान्तरण गरेको छ ।

नेपाली सेनाका युद्धकार्य महानिर्देशक उपरथी राजेन्द्र कार्कीले सशस्त्र प्रहरी बलका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रामशरण पौडेललाई राइफल हस्तान्तरण गरेका हुन ।

सरकारको निर्णयअनुसार क्षमता अभिवृद्धिका लागि सहयोगस्वरुप ती हतियार सशस्त्र प्रहरीलाई प्रदान गरिएको नेपाली सेनाले जनाएको छ । गत असार १५ गते बसेको मन्त्रिपरिषद बैठकले सेनासँग भएका हतियार सशस्त्र प्रहरीलाई दिने निर्णय गरेको थियो ।

सशस्त्र प्रहरीका अनुसार सेनाबाट प्राप्त यी हतियार सीमा क्षेत्रमा खटिने सशस्त्र प्रहरीलाई दिइनेछ । राइफलका साथै नेपाली सेनाले हतियार मर्मतबारे १५ दिने तालिम समेत सशस्त्र प्रहरीलाई दिनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

shankar-pokharel

काठमाडौँ, ५ असोज । प्रधानमन्त्री केपी शर्मा ओली तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को मुलुकलाई समृद्ध बनाउने महत्वपूर्ण योजना अन्तर रेलमार्गको

काठमाडौँ, ५ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस जनसम्पर्क समिति समन्वय विभाग विस्तार गर्नुभएको छ । सभापति

ताप्लेजुङ, ५ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका विभिन्न पार्टी परित्याग गरी १ सय ७१ जना नेपाल कम्युनिष्ट पार्टी

काठमाडौँ, ५ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिमानी आरोही आङरिता शेर्पाको निधनप्रति दुख ब्यक्त गर्नुभएको छ । बिनअक्सीजन १०