आम कार्यकर्ताको चाहना, नेकपा अझ सुदृढ बनोस्

-अधिबक्ता गोपीकृष्ण न्यौपाने-

आम नागरिक अझ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तलदेखि माथिसम्मका कार्यकर्ताको भावना पार्टी एकीकरण छिटो सकियोस्, सबैले आ-आफ्नो जिम्मेवारी पाएर मुलुकको समृद्धिसँग जोडिने अवसर पाइयोस र पार्टी कुनै हालतमा फुट्नु हुंदैन, अहिलेको परिस्थितिमा लामो समयदेखि गुम्सेका कुराहरु छलफलमा आएका छन, स्थायी कमिटीमा गम्भीर छलफल गरेर पार्टीले स्थिर मार्ग निर्देश गर्नुपर्छ भन्ने रहेको छ । गुटको भन्दा पनि पार्टीको सर्वोच्चता तर्फ ध्यान केन्द्रीत गर्दै जनताले दिएको ५ वर्षे अभिमत बमोजिम गठित सरकार र सहमतिको आधारमा तयार भएको पार्टी संरचनालाई मजबुत बनाउनुपर्छ, पार्टी एकतालाई अझ बलियो बनाउनुपर्छ, भन्ने मान्यतामा आधारित रहेर नेकपाको स्थायी कमिटीको बैठक बस्दैगर्दा वर्तमान अवस्थामा देखिएका समस्याहरुको दीर्घकालीन समाधान गर्दै पार्टी एकीकरणलाई मजबुत बनाउन निम्नानुसारका सुझाव दिन चाहन्छु:

१. पार्टी एकिकरणको सम्पूर्ण कार्यहरु भाद्र मसान्तसम्म सक्नेगरी स्थायी कमिटीले महासचिव कमरेडको संयोजकत्वमा बढीमा ५ जनाको पार्टी एकीकरण समिति गठन गर्ने, स्पष्ट कार्यादेश दिने, अधिकार र कर्तव्य तोक्ने,

२. २०७७ साल चैत मसान्तभित्रै पार्टीको महाधिवेशन गर्न महाधिवेशन तयारी समिति गठन गर्ने,

३. जनताको प्रत्यक्ष रुपमा सरोकार राख्ने कार्यालयमा आजको काम भोलि सार्ने, पैसा वा सोर्सफोर्स नभै काम नहुने, ढिलासुस्ती हुने क्रमलाई न्यूनीकरण गर्दै शून्य सहनसिलताको सिद्वान्त प्रतिपादन गर्न सम्बन्धित मन्त्रीलाई उत्तरदायी बनाउन सरकारलाई निर्देशन दिने,

४. कोभिड–१९ कहरको कारण अति प्रभावित, प्रभावित र साधारण प्रभावितको बर्गीकरण भैसकेकोले पार्टीको जिल्ला कमिटीले सो सम्बन्धमा स्थानीय निकायहरु मार्फत राहत, सेवा सुविधा दिन सहजीकरण गर्ने र प्रदेश सरकारसँग समन्वय गरि सो प्रदेशको समुच्च विकास निर्माणमा भूमिका निर्वाह गर्ने गरि पार्टी र सरकारलाई जोड्ने, बाढी पहिरो प्रभावितलाई राहत सेवा सुबिधा दिन स्थायी रुपमै प्रदेश स्तरको विपद ब्यबस्थापन गठन गरि पूर्व तयारी योजना सहित अघि बढ्न सरकारलाई निर्देशन दिने,

५. मुख्यसचिव र मन्त्रालयका सचिवहरु मार्फत यो बर्षको बजेट कार्यान्वयनको लागि सम्बन्धित मन्त्रालयका मन्त्रीहरुले संघीय सांसद र प्रदेश मुख्यमन्त्रीसँग समन्वय गरि यसै महिनादेखि निरन्तर विकास निर्माणका कार्यहरु गर्न सरकारलाई निर्देशन दिने, साउनदेखि नै धमाधम काम गर्दै विकास बजेट खर्च गरिसक्न तथा असारमा गएर मात्र निर्माण गर्ने कार्यहरु निरुत्साहित गर्न सरकारलाई निर्देशन दिने,

६. पार्टी भित्रका जनवर्गीय संगठनहरुबाट आ-आफ्नो क्षेत्रका बिज्ञ ब्यक्तित्त्वहरुको नामावली लिएर सूचिकरण गर्न र ती मध्येबाटै योग्य ब्यक्तिको पहिचान गरि राजनीतिक नियुक्तिमा प्राथमिकता दिन सरकारलाई निर्देशन दिने,

७. जनसरोकार राखिएका विविध विषय लगायत न्यायालयबाट बिबादित देखिएका फैसला आदेशको बारेमा अध्ययन गरि सुझाव पेस गर्न एक समिती गठन गरि पार्टीले निर्णय लिने र सरकारलाई कार्यान्वयनका लागि निर्देशन दिने,

८. पार्टी र सरकारको बीचमा समन्वय गर्न प्रधानमन्त्रीको सचिवालयलाई अख्तियार सहितको परिभाषित जिम्मेवारी दिने,

९. प्रधानमन्त्रीज्यूले पार्टीको भावना अनुसार जनताको सेवा गर्न सक्ने क्षमतावान मन्त्रीहरु नियुक्ति वा पुनर्नियुक्ती गर्ने गरि वर्तमान मन्त्रीमण्डल पुनर्गठन गर्न निर्देशन दिने, र

१०. महाधिवेशनले एकल अध्यक्ष चयन गर्ने भएकोले सो अवधिसम्म कार्यकारी अध्यक्षले, अध्यक्ष तथा प्रधानमन्त्रीसँग समन्वय गरि कार्यकारिणी अधिकारको प्रयोग सहित पार्टीको संचालन गर्ने गराउने ।

(सुझावकर्ता श्री न्यौपाने, नेकपा बुद्वीजिवी संगठनका सचिवालय सदस्य हुनुहुन्छ)

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ साउन । थप ३३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार आज सबैभन्दा धेरै बाँकेमा

काठमाडौँ, २६ साउन । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको इन्द्रजात्राको साइत सार्वजनिक गरेको छ । जात्राको लिङ्गो काट्न वन

काठमाडौँ, २६ साउन । खुद्रा पसलमा २० रुपैयाँभन्दा बढीमा बिक्री वितरण भइरहेको बोतलको प्रशोधित पानीको मूल्य अब १६ रुपैयाँ मात्र

काठमाडौँ, २६ साउन । पुतली सडकको शंकरदेव क्याम्पस अगाडि एक घरमा आगलागी भएको छ । घरमा रहेको एक कार्यालयबाट आगो