प्रचण्डलाई भीम रावलको प्रश्न, पदको लागि झगडा गर्ने अनि हाम्रा टाउका गन्ने ?

काठमाडौँ, १३ साउन । नेपाल कम्युनिष्ट पार्टीको विवादका कारण पछिल्लो समय शिर्ष नेतानै दवाव थेग्न नसक्ने अवस्थामा पुगेका छन् । विगतमा बहुमत सदस्य आफ्नो पक्षमा रहेको दावी गर्दै आएका पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समुहमै रहेका भनिएका नेताहरु पनि आफ्नै गुटसँग आक्रोशित हुन थालेका छन ।

आज बालुवाटारमा भएको गुटको अनौपचारिक छलफलमा स्थायी कमिटी सदस्य भिम रावलले प्रचण्डलाई कडा प्रश्न राख्दै भने, ‘प्रधानमन्त्री ओलीसँग तपाईंहरुको हुने पदको झगडामा म सामेल छैन र हुनेपनि छैन, तपाईंहरू पदको झगडा गर्ने अनि हाम्रा टाउका गन्ने काम हुनु भएन ।’

नेता रावलले पार्टीलाई एकतावद्ध राख्न वामदेव गौतमले ल्याएको प्रस्ताव राम्रो रहेको भन्दै समर्थन समेत जनाएका छन । गौतमले पाँच वर्ष ओलीलाई प्रधानमन्त्री र एकता महाधिवेशनसम्म प्रचण्डलाई कार्यकारी अध्यक्ष दिने प्रस्ताव ल्याएका छन । नेता रावलले पदका लागि यो (नेकपाभित्रको) झगडाले मुख देखाउन लायक नभएको भन्दै नेताहरुले ओलीसँग पदको विभाजन गर्ने मात्रै सोचेकोमा आक्रोश पोखे  ।

छलफल चलिरहेपनि बामदेव गौतम, घनश्याम भुषाल र भीम रावल आफ्नो भनाई राखेर बाहिरिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ४ सय ११ जना पुगेको छ

काठमाडौँ, ४ असोज । थप १३ सय २५ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ६४ हजार ६ सय

कैलाली, ४ असोज । कैलालीमा बलात्कार गरेको आरोपमा प्रहरीले एक अधिकृतलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार जिल्लाको जोशीपुर गाउँपालिकामा

काठमाडौँ, ४ असोज । पेट्रोल बोकेको एक ट्यांकर त्रिशूली नदीमा खसेर आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार काठमाडौंतर्फ