अब थप युद्ध हुँदैन : किम जोङ उन

एजेन्सी, १३ साउन । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले आगामी दिनमा युद्ध नहुने बताएका छन् ।

उनले आणविक हतियारको विकासले बाहिरी दबाब र सैन्य खतराका बाबजुद देशको सुरक्षा र भविष्यको सुनिश्चितता गरेको बताए ।

सन् १९५०-५३ को कोरिया युद्ध अन्त्य भएको ६७ औं वर्षगाँठ उपलक्ष्यमा पूर्व सैनिकहरूसँगको भोजसहितको एक कार्यक्रममा मंगलबार उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘अब हामी साम्राज्यवादी र वैमनस्यवादी शक्तिहरूले दिने कुनै पनि प्रकारको दबाव र सैन्य धम्कीको सामना गर्दै आफूलाई बचाउन सक्षम भएका छौं’, ‘हाम्रो भरपर्दो र प्रभावकारी आत्म-बचाव आणविक रोकथामको लागि धन्यवाद, अब युद्ध हुनेछैन । यसले हाम्रो देशको सुरक्षा र भविष्य सदाका लागि ग्यारेन्टी गर्नेछ ।’

किमको यो भनाइ प्योंगयांग र वासिङ्टनबीच संवाद ठप्प भएको अवस्थामा आएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बुटवल, २ असोज । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतसंगको कूटनीतिक संवाद र छलफलबाटै सीमा समस्याको समाधान गरिने बताउनुभएको छ । प्रेस सङगठन नेपाल,

काठमाडौँ, २ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष तथा हालै राष्ट्यि सभामा मनोनित भएका वामदेव गौतमले कोभिड १९

काठमाडौँ, २ असोज । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अनेरास्वियूलगायतका १३ विद्यार्थी संगठनहरुले शैक्षिक क्षेत्र सुधारका लागि उठाइएका माग

काठमाडौँ, २ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधान कार्यान्वयनका क्रममा आवश्यक देखिएका विषयमा खुल्ला दिमागले विना बहकाउ संशोधनका लागि