सञ्चारकर्मी अधिकारीको ‘बजाउँदै चुरा’ बोलको तीज गीत रिलीज

काठमाडौँ, १२ साउन । नेपाली महिलाहरुको महान् पर्व तीज नजिकिदै गर्दा तीज सम्बन्धि गीतहरु सार्वजनिक भइरहेका छन् ।

यसै क्रममा गत तीन वर्षदेखि लगातार तीजका गीत स्रोता र दर्शकमाझ पस्किदै आएकी सञ्चारकर्मी गीता अधिकारीले ‘बजाउँदै चुरा…’ लिएर आएकी छन् ।

सारिका घिमिरेको स्वरमा रहेको उक्त तीज गीतमा योगेश काजीको सङ्गीत तथा एरेञ्ज रहेको छ । उक्त सार्वजनिक भिडियोलाई विक्रम आदित्य शाहले सम्पादन गरेका छन् ।

कोरोना भाइरस (कोभिड-१९)को सङ्क्रमणका कारण गीतको भिडियो छायाँकन गर्न असमर्थ भएका कारण लिरिकल भिडियो सार्वजनिक गरेको सञ्चारकर्मी गीताले जानकारी दिएकी छन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

महेन्द्रनगर, १० असोज । कोरोना कहरका बीच सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले शुक्रबारदेखि अनलाइन प्रणालीबाट परीक्षा सञ्चालन गरेको छ । मुलुककै शैक्षिक गतिविधि

पोखरा, १० असोज । पर्यटकीय राजधानी पोखरामा यस वर्ष पर्यटन दिवसको रौनक छैन । हरेक वर्ष सेप्टेम्बर २७ को पूर्वसन्ध्यामा

काठमाडौँ, १० असोज । नेपालमा आज थप ८ जनाको कोरोनाबाट मृत्यु भएसँगै कुल मृतकको संख्या ४६७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका

काठमाडौँ, १० असोज । थप १२ सय ७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ७१ हजार ८ सय