नेपालमा कोरोना संक्रमित प्रहरीको संख्या १४० पुग्यो (सूचीसहित)

काठमाडौँ, १२ साउन । नेपालको विभिन्न स्थानमा आइतबार एकैदिन २१ प्रहरीमा कोरोना संक्रमण देखिएको छ । २१ जना थपिएसँगै प्रहरीमा संक्रमितको संख्या १४० पुगेको छ ।

संक्रमितमा ६ इन्स्पेक्टर, ८ सई, ९ असई, ४२ हवल्दार, ७४ प्रहरी जवान र एकजना कार्यालय सहयोगी छन् । जसमध्ये तीन महिला र १३७ पुरुष छन् । संक्रमित प्रहरीमा प्रहरी प्रधान कार्यालयसहित काठमाडौंका १३, भक्तपुरका १, धनकुटाका २, मोरङका २५ छन् । बाराका ७, धनुषाका १२, सर्लाहीका २, सिरहाका ३, सप्तरीका ४, रौतहटका ४, महोत्तरीका २, तनहुँका २, नवलपरासीका ५, बागलुङका एक र स्याङ्जाका तीनजना छन् ।

यस्तै बाँकेका २, कपिलवस्तुका ६, गुल्मीका १, बर्दियाका २, दाङका २, प्युठानका २, जुम्लाका २, जाजरकोटका १, दैलेखका १४, सुर्खेतका ८, डोल्पाका २, कञ्‍चनपुरका ४, अछामका २ र बाजुराका ६ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय कञ्चनपुरका मालपोत अधिकृत लोकराज जोशीविरुद्ध विशेष अदालतमा मुद्दा दायर

 बुटवल, १ बैशाख । ट्रकको ठक्करबाट कपिलवस्तुमा एकजना पत्रकारको मृत्यु भएको छ । गएराती पत्रिकाको काम सकेर लु५९ प ६४४१

काठमाडौँ, १ बैशाख । आजदेखि नयाँ वर्ष प्रारम्भ भएको छ । आज नेपालमा र विदेशमा रहेका नेपालीले हर्षाेल्लासका साथ एक

वि.सं.२०७८ साल बैशाख ०१ गते । बुधबार । ईश्वी सन् २०२१ अप्रिल १४ तारिख । नेपाल संवत् ११४१ । राक्षस

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021