एजेन्सी, १२ साउन । भारतमा दिनदिनै कोरोना भाइरस संक्रमितकाे संख्याले नयाँ रेकर्ड कायम गर्दै आएको छ । भारतमा पछिल्लो २४ घण्टाभित्र ५० हजार ५२५ जनामा नयाँ कोरोना संक्रमण भएको पाइएकाे छ । जुन २४ घण्टामा संक्रमित हालसम्मकै उच्च संख्या हो ।
अहिले भारत विश्वका धेरै कोरोना संक्रमित मुलुकहरुको तेस्रो स्थानमा रहेको छ । अहिले भारतमा कोरोना भाइरस संक्रमितको संख्या १४ लाख ३६ हजार नाघेको छ । काेराेनाका कारण मृत्यु हुनेकाे संख्या भने ३२ हजार ८ सय १० पुगेकाे छ । आइतबार मात्रै त्यहाँ ७ सय १४ जनाकाे मृत्यु भएकाे छ ।
अहिले भातरमा ४ लाख ८४ बढी सङ्क्रमित अवस्था मै रहेका छन् । तीमध्ये ८ हजार ९ सय ४४ जनाकाे अवस्था भने गम्भीर रहेकाे छ । त्यसैगरी ९ लाख १८ हजार जना सङ्क्रमण मुक्त भएर घर फर्किसकेका छन् ।
भारतमा कोभिड–१९ नियन्त्रण गर्ने उद्देश्यले गत मार्चमा लगाइएको लकडाउन खुकुलो पारेसँगै संक्रमणमा विस्तार भएको हो । भारत सरकारले जुन ८ मा लकडाउन घोषणा गरेको थियो । त्यतिबेलासम्म भारतमा संक्रमितको संख्या ५ सयको हाराहारीमा थियो ।
धेरै जनसंख्या र जनघनत्व भएका सहरहरू धेरै भएकाले भारत कोभिड–१९ को केन्द्रबिन्दु बन्न सक्ने विज्ञहरूले चेतावनी दिँदै आएका छन् । गत जनवरीमा पहिलो संक्रमित फेला परेयताका एक सय ७० दिनमा संक्रमित संख्या १० लाख नाघेको हो ।