पहिरो पिडितको दुःखमा साथ दिँदै युवा संघ: एकै दिनमा धादिङका दुई ठाउँमा सहयोग

धादिङ, ११ साउन । विभिन्न राजनीतिक दलका विभिन्न भातृ संगठनहरु रहेका छन् । जसमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को युवा संगठन राष्ट्रिय युवा संघ नेपाल मुलुकमा कुनै पनि प्राकृतिक प्रकोप तथा जनतामा समस्याहरु पैदा हुनसाथ जनताको साथमा हाजिर हुने गर्दछ । जसले गर्दा जनताको पिडाले दुखेको घाउमा मलम लगाउने कार्य मात्र गर्दै समस्याबाट छुटकारा गराउने विभिन्न प्रकारका उपायहरुको खोजी गरी निकास समेत दिने गर्दछ ।

वर्षायाम सुरु भएसँगै देशका विभिन्न भागहरुमा जाने गरेको बाढी पहिरो पिडितलाई राहत तथा पुनःस्थापनाका सवालमा सवैभन्दा अग्रभागमा रहने संगठन हो युवा संघ । यसै क्रममा धादिङले त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ६ आगिनचोक गोलाङ खवासेमा पहिरोबाट मृत्यू भएकाहरुको परिवारलाई आज राष्ट्रिय युवा संघ नेपाल धादिङले रु ५० हजार नगद आर्थिक सहयोग गरेको हो । पीडित परिवारलाई भेट्न आगिञ्चोक स्थित गोलाङ खवासे पुगेका संघीय सांसद खेम प्रसाद लोहनीको हातबाट उक्त सहयोग हस्तान्तरण गरिएको छ ।

आगिञ्चोक गोलाङ खवासेमा साउन ५ गते राती घर माथिबाट आएको पहिरोले घर पुर्दा एकै परिवारका १९ वर्षिय सम्झना खाँण, उनको श्रीमान् २२ वर्षिय मिलन खाँण र डेढ बर्षिय छोराको मृत्यू भएको थियो ।

त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वागमती प्रदेश कमिटीका सचिवालय सदस्य एवम् धादिङ निर्वाचन क्षेत्र नं.- १ का संघीय सांसद भुमि त्रिपाठीको नेतृत्वमा थाक्रे गाउँपालिका वडा नं., ६ रानीवारी मादगएको पहिरो बाट च्यापिएर ज्यान गुमाउनु भएका स्व. सानू बाबू पन्त (५५ वर्ष) प्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजन, आफन्तजन लगायतमा समवेदना व्यक्त गरि परिवारलाई राहात स्वरुप रु. ५०,०००/- हस्तान्तरण गरिएको छ ।

कार्यक्रमहरुमा नेत्रराज पौडेल (नेकपा धादिङका अध्यक्ष), रमेश आचार्य (राष्ट्रिय युवा संघ, नेपाल केन्द्रीय कमिटीका नेता), रामहरि अधिकारी (नेकपा, धादिङका नेता), उमेश थापा (मदन भण्डारी फाउण्डेशन, धादिङ अध्यक्ष ), रामकुमार आचार्य (थाक्रेगाउँपालिका अध्यक्ष), रामेश्वर कार्की (प्रेस संगठन केन्दिय कमिटीका नेता), कृष्ण पन्त (नेकपा थाक्रेगाउँपालिका अध्यक्ष ), गोकर्ण रुपाखेती (नेकपा, धादिङ जिल्ला कमिटी सदस्य), अम्बिका पौडेल (थाक्रेगाउँपालिका उपाध्यक्ष ), उर्मीला रेग्मी (जिल्ला समन्वय समिति धादिङ सदस्य), हरि थापा (जिल्ला युवा समिति, धादिङ अध्यक्ष), सञ्जय दुवाडी (अनेरास्ववियु, केन्द्रिय कमिटीका नेता ), बाबू छत्कुली (राष्ट्रिय युवा संघ, नेपाल केन्द्रीय आयोगका नेता), रमेश अधिकारी (मदन भण्डारी स्पोटस् एकेडेमी, धादिङ अध्यक्ष), मन्दिरा श्रेष्ठ (मदन भण्डारी स्पोटस्, धादिङ उपाध्यक्ष), जित सिटौला (मदन भण्डारी स्पोट्स एकेडेमी धादिङ सचिव), पुर्ण बहादुर कार्की (वडा अध्यक्ष ,थाक्रेगाउँपालिका वडा नं.-०६), रबि ओझा (वडा अध्यक्ष, थाक्रेगाउँपालिका वडा नं.-११), सुरेश थापा (मदन भण्डारी स्पोट्स एकेडेमी धादिङ सदस्य), रोशन लामा (मदन भण्डारी स्पोट्स एकेडेमी धादिङ सदस्य), सगुन थापा (राष्ट्रिय युवा संघ, नेपाल धादिङ) लगायत राष्ट्रिय युवा संघ, नेपालमा आबद्ध नेता-कार्यकर्ताहरुको सक्रिय सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय कञ्चनपुरका मालपोत अधिकृत लोकराज जोशीविरुद्ध विशेष अदालतमा मुद्दा दायर

 बुटवल, १ बैशाख । ट्रकको ठक्करबाट कपिलवस्तुमा एकजना पत्रकारको मृत्यु भएको छ । गएराती पत्रिकाको काम सकेर लु५९ प ६४४१

काठमाडौँ, १ बैशाख । आजदेखि नयाँ वर्ष प्रारम्भ भएको छ । आज नेपालमा र विदेशमा रहेका नेपालीले हर्षाेल्लासका साथ एक

वि.सं.२०७८ साल बैशाख ०१ गते । बुधबार । ईश्वी सन् २०२१ अप्रिल १४ तारिख । नेपाल संवत् ११४१ । राक्षस

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021