देशकै ठूलो ‘पिएन क्याम्पस’को समस्या बारे सरकारको ध्यानाकर्षण गराउँदै सांसद पहारी

पोखरा, ११ साउन । मानव विकासको मुल आधर शिक्षा हो । मुलुकको समृद्धिको उज्यालो प्रकाश दिने शिक्षा क्षेत्रको गुणस्तरिय विकास अहिलेको टड्कारो आवश्यकता रहेको देखिएको छ । कुन देश कति विकसित छ ? भन्ने कुरा त्यो देशको दक्ष जनशक्ति बसोवास गर्ने कुराले मापन गर्दछ ।

देशकै सवैभन्दा ठूलो क्याम्पस ‘पृथ्वीनारायण क्याम्पस’ भएता पनि आर्थिक तथा व्यवस्थापकिय दृष्टिकोणले पछिल्लो केही वर्ष यता समस्या नै समस्या भएको क्याम्पसको रुपमा रहेको छ । मुलुकलाई विकसित तथा आर्थिक रुपमा सम्पन्न बनाउन बाटोघाटो, पुलपुलेसोलगायतका भौतिक संरचनाको निर्माणले मात्र सम्भव छैन । त्यसको लागि शिक्षामा आधुनिकीकरण, यान्त्रीकरण, वैज्ञानिकीकरण, प्राविधिकिकरणलगायतका कार्यहरु गर्नुपर्ने हुन्छ । जसका कारण विकसित मुलुकसँग आर्थिक तथा शैक्षिक स्तरमा प्रतिपस्पर्धा गर्न सकिन्छ । जसको लागि तीन वटै तहका सरकारले विशेष भूमिका निर्वाह गर्नुपर्ने हुन्छ ।

यसै क्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशका सचिवालय सदस्य, पूर्वयुवा संघ नेपालका अध्यक्ष तथा सांसद राजिव पहारीले देशकै सवैभन्दा ठूलो क्याम्पस पृथ्वीनारायण क्याम्पसको वर्तमान समयको समस्याहरुलाई आजको प्रदेशसभाको बैठकमा प्रस्तुत गर्नुभएको छ । उहाँले समस्याहरुलाई पैदा गराउनेमात्र नभई समाधानका समेत अनेकौं उपाहरु राख्नुभयो ।

बैठकमा बोल्दै उहाँले भन्नुभयो, ‘विकास भनेको बाटो घाटो, पुल, पुलेसो निर्माण हुनुमात्र हैन, विकास भनेको बुद्धि, विवेक, ज्ञान, चेतना र सारमा मानिसको सर्वार्गिण चेतनासँग जोडिएको हुन्छ । जुन कुरा शिक्षाबाट प्राप्त हुन्छ । शिक्षाबाट सस्कार र संस्कृति पनि जोडिएको हुन्छ । २१औं शताव्दी ज्ञान, विज्ञान र प्रविधिको युग पनि हो, जुन शिक्षाबाट आउँछ । जसको लागि शिक्षा क्षेत्रको व्यापक मात्रामा सुधारको आवश्यकता रहेको छ ।’

पृथ्वी नारायण क्याम्पसले दक्ष जनशक्तिमात्र उत्पादन गरेको नभई राज्यका महत्वपूर्ण निकायको जिम्मेवार ठाउँको नेतृत्व गरिरहेको सविस्तार उल्लेख गर्दै उहाँले क्याम्पसमा सिमित स्रोत र साधनका कारण शुद्ध खानेपानीको समेत अभाव रहेकोले पानीको लागि व्यवस्थित कार्य गर्नुपर्ने, महिला हाहेस्टेल वर्षाको समयमा पुरै चुहिने अवस्थामा रहेको, आर्थिक अवस्थाका कारण मर्मत हुन नसकेर विगत १० वर्षदेखी पुरुष छात्रावास वन्द भएको अवस्थामा रहेकोले प्रदेश सरकारले सानो लगानी गरी ठूलो फाइदा लिनुपर्नेमा जोड दिनुभयो ।

गण्डकी प्रदेश सरकारले गण्डकी विश्वविद्यालयको प्रकृया समेत अघि बढाएको जसको लागि जग्गाको समेत व्यवस्था भइसकेको जानकारी गराउँदै उहाँले भन्नुभयो, ‘पोखराका कुनै पनि ठाउँमा पाँच सयभन्दा बढी क्षमताको सभाहल समेत नभएको अवस्थामा क्याम्पसमा भने सात सयभन्दा बढी अट्ने क्षमताको सभाहल रहेको तर आर्थिक अभावका कारण संरक्षण र सञ्चालनको पर्खाईमा रहेको छ । केही मात्रामा क्याम्पसमा लगानी गर्न सके ठूलो मात्रामा लाभ प्राप्त हुने छ । पृथ्वीनारायण बहुमुखी क्याम्पस आफैमा भौतिक स्रोत र साधनले सम्पन्न भएकोले यसलाई व्यवस्थित गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ बैशाख । काठमाडौँ र भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । काठमाडौँको माकलबारीमा गएराति बा

काठमाडौँ, २ बैशाख । नेपालका विभिन्न भेगका लागेको डढेलो नियन्त्रण हुन नसक्दा अझै वायु प्रदूषण थामिएको छैन । देशका ३७७

वि.सं.२०७८ साल बैशाख ०२ गते । बिहीबार । ईश्वी सन् २०२१ अप्रिल १५ तारिख । नेपाल संवत् ११४१ । राक्षस

काठमाडौँ, १ वैशाख । विश्वव्यापीरूपमा बढ्दो वातावरणीय समस्याको न्यूनीकरण तथा संरक्षणमा पूर्वीय संस्कृति एवं सभ्यताको प्रचारप्रसार गराउने उद्देश्यले विश्व वन्यजन्तु

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021