एसिड पिडितको अवस्था बुझ्न समिति अस्पतालमाः राज्य साथमा रहेको सभापति पालको उद्घोष

काठमाडौँ, ११ साउन । काठमाडौँको सितापाईलामा एसिड प्रहारबाट पिडित बन्नुभएकी पवित्रा कार्कीको स्थास्थ्य अवस्था बुझ्न संघिय संसदको महिला तथा सामाजिक समिति अस्पताल पुगेको छ ।

ओखलढुङ्गा घर भई हाल काठमाडौँमा बसोवास गर्नुहुने कार्कीमाथि साउन ८ गते साँझ एसिड प्रहार गरी सक्त घाइते हुनुभएको हो । काठमाडौँको सितापाईलामा गार्मेन्ट सञ्चालक रौतहटका मोहम्मद आलमले एकोहोरो प्रेमका कारण आफ्ना कामदार भारतको विहार स्थायी ठेगाना भएका २३ फैयाज मोहम्मद उफ मुन्नालाई एसिड प्रहार गर्न लगाएका थिए । सोही क्रममा एसिडबाट पिडित भई कीर्तिपुर अस्पतालमा उपचाररत कार्कीको अवस्था बुझ्न समितिको एक टोली अस्पताल पुगेको हो ।

उक्त क्रममा समितिका सभापति निरुदेवी पालले पिडित कार्कीको साथमा सम्पूर्ण राज्य साथमा रहेको उल्लेख गर्दै उपचारको लागि आवश्यक आर्थिक व्यवस्थापनका सम्पूर्ण कार्यहरु राज्यले व्यहोर्नुपर्नेमा जोड दिनुभयो । भोली नै महिला, वालवालिका तथा जेष्ठ नागरिक मन्त्रीलाई आवश्यक छलफल गरी उपचारको लागि आर्थिक व्यवस्थापन गर्न आग्रह गर्ने बताउँदै उहाँले उपचारको क्रममा रकमको अभाव हुन नदिने प्रतिवद्धता जनाउनुभयो ।

उपचारको लागि कुनै पनि कसर बाँकी नराख्न अस्पताललाई आग्रह गर्दै उहाँले अपराधिलाई कडा भन्दा कडा कारवाही हुनेमा ढुक्क हुन समेत आग्रह गर्नुभयो । पिडित कार्कीलाई एसिड प्रहार भएको भोलीपल्ट नै समितिको बैठक वसी कानुन नै संशोधन गरी अझ बढी प्रभावकारी र कडा कानुन निर्माण गर्न मन्त्रालयलाई निर्देशन दिइसकेको जानकारी गराउँदै उहाँले एसिड पिडितहरुलाई भविष्यमा समेत राज्यले रोजगारीको व्यवस्था गर्न विशेष पहल गर्ने समेत प्रतिवद्धता जनाउनुभयो । पिडितले भविष्यमा भौतिक रुपमा भइरहेको पिडामा थप आर्थिक पिडा हुन नदिने गरी सरकार अघि बढ्नेमा विश्वास समेत दिलाउँदै पिडितलाई दह्रो हिम्मत राख्न आग्रह गर्दै उहाँले हौसला समेत प्रदान गर्नुभयो ।

समितिको टोलीमा समितिका सदस्य, सांसद तथा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन अखिल नेपाल महिला संघका संयोजक अमृता थापा, सांसद गंगा चौधरी, बिमला नेपाली, पूर्वसांसद तथा अनेम संघका सहसंयोजक सीता पौडेलको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राजनीतिक परिस्थितिमाथि छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्रीका प्रेस

काठमाडौँ, ३ बैशाख । नेकपा एमाले बागमती प्रदेशको संसदीय दलले संसदीय बोर्ड गठन गरेको छ । संसदीय दलका नेता तथा प्रदेशका

काठमाडौँ, ३ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीको हस्ताक्षर दुरुपयोग गर्दै भारतीय खुफिया एजेन्सीसँग गरिएको भनिएको भ्रामक सम्झौतासम्बन्धि समाचारबारे प्रेस काउन्सिल

काठमाडौँ, ३ बैशाख । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले आफूहरूले केपी ओली नेतृत्व सरकारको विरोध गर्नुपर्ने कारण

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021