भक्तपुरमा विकास र समृद्धिका योद्धा युवाः ‘आफ्नो गाउँ, आफै बनाउँ’ अभियानमा

भक्तपुर, ११ साउन । युवा मुलुकको परिवर्तनको लागि सडक आन्दोलनको नेतृत्वकर्ता मात्र नभई मुलुकको विकास र समृद्धिको योद्धा समेत हुन भन्ने दिन प्रतिदिनका गतिविधिहरुले देखाईरहेको छ ।

मुलुक परिवर्तनको लागि सडक आन्दोलनको बाघको रुपमा परिचित युवाहरुले सडकलाई तताउनेमात्र नभई विकास र समृद्धिलाई समेत नेतृत्व गर्दै तताउने गरेको प्रशस्त उदाहरणहरु रहेका छन् । देशमा निरंकुशतन्त्रलाई पाखा लगाउन प्रजातन्त्र, पञ्चायत, बहुदल, लोकतन्त्र हुँदै गणतन्त्रसम्म आइपुग्दा युवाहरुले महत्वपूर्ण तथा सिर्जनशिल कार्यहरु गर्दै सरकारको सारथीको रुपमा स्थापित हुँदै आएका छन् ।

यसै क्रममा आज भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं. ८ सिपाडोलमा सिर्जनशिल युवा समाजद्वारा आफ्नो टोल र बस्तीको विकास तथा सरसफाईमा स्थानीय युवाको उल्लेखनीय चासो देखाएका छन् । सिपाडोलका विभिन्न सडकहरुका दयाँ बायाँ रहेका घाँस, झारपा उखेल्दै सरसफाई तथा नमलि खेल्ने काम सम्पन्न भएको छ ।

प्रत्येक हप्ता युवाहरुले सरसफाईको साथमा विकास र समृद्धिका कार्य गर्दै सुन्दर, हराभरा, स्वच्छ मनोरम वातावरण तथा पर्यटकहरुको आकर्षणको केन्द्रको रुपमा स्थापीत गर्दै लैजाने समाजका अध्यक्ष राजकुमार थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ वैशाख । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कच्चा दूधमा बर्ड फ्लूको भाइरस ‘एचफाइभ एनवान’ सङक्रमण भेटिएको जनाएको छ ।

काठमाडौँ, ८ बैशाख । गुगलले नयाँ फिचर ल्याएको छ लामो समयदेखि । अहिले गुगलले आफ्नो गुगल मेसेजेजको लागि धेरै सुविधाहरू

काठमाडौँ, ८ बैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान गरेको छ ।   नेपाल

काठमाडौँ, ८ बैशाख । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका