एजेन्सी, ११ साउन । साउदीमा रहेका ४९८ नेपालीले अहिलेसम्म बहिर्गमन भिसा पाएका छन् ।
साउदीमा रहेको नेपाली दूतावासले पुस, माघ र फागुनमा निवेदन दिएकामध्ये केही व्यक्तिले बहिर्गमा भिसा प्राप्त गरेका हुन् । यसअघि साउदी अरेबियाले ४२१ जनालाई बहिर्गमन भिसा दिएको थियो । उनीहरू भिसा लागेकाहरू भिसा लागेको मितिले ६० दिनभित्र आफ्नो खर्चमा स्वदेश फर्किसक्नुपर्नेछ ।
बहिर्गमन भिसा पाएपछि विभिन्न कम्पनी र प्रतिष्ठानहरूमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र नबनाएका वा नवीकरण नगरेका कारण स्वदेश फर्कन नपाएकाहरू स्वदेश फर्कन पाउने भएका हुन् ।
बहिर्गमन भिसा प्राप्त गरेका नेपालीलाई दूतावासले आगामी अगस्त ५, ६, ७ र ८ तारिखमा नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले साउदी अरबको रियाद र दमामबाट गर्ने उडानहरूबाट नेपाल जाने तयारी गर्न भनेको छ ।