नेपालमा कोरोना संक्रमित प्रहरीको संख्या ११९ पुग्यो

काठमाडौँ, ११ साउन । नेपालमा कोरोना संक्रमित प्रहरीको संख्या  ११९ पुगेको छ । जसमध्ये ९५ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । संक्रमितमा ६ इन्स्पेक्टर, ८ सई, ७ असई, ३६ हवल्दार, ६१ प्रहरी जवान र एकजना कार्यालय सहयोगी छन् ।

जसमध्ये दुई महिला र ११७ पुरुष छन् । संक्रमित प्रहरीमा काठमाडौंका १२, भक्तपुरका १, धनकुटाका २, मोरङका ५ , बाराका ७, धनुषाका १२, सर्लाहीका २, सिरहाका ३, सप्तरीका ४, रौतहटका ४, महोत्तरीका २, तनहुँका २, नवलपरासीका ५, बागलुङका एक र स्याङ्जाका तीनजना छन् ।

यस्तै बाँकेका २, कपिलवस्तुका ६, गुल्मीका १, बर्दियाका २, दाङका २, प्युठानका २, जुम्लाका २, जाजरकोटका १, दैलेखका १४, सुर्खेतका ८, डोल्पाका २, कञ्‍चनपुरका ४, अछामका २ र बाजुराका ६ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

पछिल्लो समय संक्रमित प्रहरीको दर बढेको छ । कोरोनामुक्त भएका प्रहरीलाई नियमित कामकाजमा खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

गलकोट, ५ बैशाख । पत्रकारको न्यूनतम ज्याला कम नै हुन्छ । प्रविधिले पत्रकारलाई निकै खर्चिलो बनाउँदै लगेको छ ।  उनीहरुका

काठमाडौँ, ५ बैशाख । कर्णाली प्रदेश सरकारले चैते दशैँका अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को

बाँके, ५ बैशाख । बाँकेको नेपालगञ्ज उप–महानगरपालिका–१२ कोरियनपुरबाट प्रहरीले ब्राउन सुगर सहित ५ जनालाई पक्राउ गरेको छ । लागु औषध

नेपालगञ्ज, ५ बैशाख । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना विशेष वार्डमा उपचाररत

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021