विदेशमा कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या १ सय ६१ पुग्यो

काठमाडौँ, ११ साउन । संसारका विभिन्न देशमा रहेका १ सय ६१ जना नेपालीको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।

गैरआवासीय नेपाली संघ एनआरएनएको स्वास्थ्य समितिको तथ्याँक अनुसार अघिल्लो हप्ता थप एक जनासहित अहिलेसम्म १ सय ६१ जना नेपालीको कोरोनाबाट मृत्यु भएको हो । समितिका अनुसार संसारका विभिन्न ३६ देशमा रहेका ३१ हजार १ सय ५० नेपालीमा कोरोना सङ्क्रमण भएको छ ।

उनीहरुमध्ये २९ हजार २ सय ४३ जना अर्थात ९३ प्रतिशतभन्दा बढी नेपाली सङ्क्रमण मुक्त भएका छन् । कोरोना सङ्क्रमित हुने र निको हुने नेपालीको सङ्ख्या बढी नै रहेको छ । तर अन्य देशमा नयाँ सङ्क्रमित नेपाली घट्दै गए पनि खाडीका देश यूएई, कतार, कुवेत र साउदीमा रहेका नेपालीमा भने सङ्क्रमण बढिरहेको स्वास्थ्य समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने कामसहितको २६ बुँदे सुझाव

काठमाडौँ, १५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।  अज

काठमाडौँ, १५ चैत । कर्जा प्रवाह बढ्न नसकेपछि ६ खर्ब ६१ अर्ब लगानीयोग्य रकम बैंकमै थुप्रिएको छ । अर्थतन्त्रका बाह्य सूचकमा

काठमाडौँ, १४ चैत । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री शक्तिबहादुर बस्नेतले लोडसेडिङ हुन लागेको हल्ला सही नभएको दाबी गरेका छन्