पार्टी भित्रबाटै असहयोगका बाबजुद सरकार सफल भयो: मन्त्री ज्ञवाली

काभ्रे, १० साउन । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पार्टी भित्रबाटै असहयोगका बाबजुद सरकार सफल भएको दाबी गर्दै तथ्य, प्रमाणहरू सबै राखेर लिम्पियाधुरा, लिपुलेक ताथ कालापानीको आफ्नो स्वामित्वलाई फर्काउने बताउनुभएको छ ।

मदन भण्डारी फाउण्डेसन, काभ्रे जिल्ला कमिटीले शनिबार बनेपामा गरेको कार्यक्रममा नेकपा स्थायी कमिटी सदस्य समेत रहेका मन्त्री ज्ञवालीले एकताबद्ध भएर हालै नक्सामा समेटिएको नेपाली भूभाग फर्काउनुपर्नेमा जोड दिनुभयो । सीमा सम्बन्धी समस्या समाधान गर्न, कोरोना नियन्त्रण गर्न, राष्ट्रियताको सवालमा सवै एक ढिक्का हुनुपर्नेमा सरकारलाई पार्टीभित्रैबाट असहयोग भएको उहाँले गुनासो व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘मित्रराष्ट्र भारतसँग एकताबद्ध भएर वार्ताको टेबुलबाट तथ्य, प्रमाणहरू सबै राखेर आफ्नो स्वामित्वलाई फर्काउनुपर्नेछ । कोरोनाविरुद्धको लडाईँमा सरकारलाई साथ दिनको साटो राजीनामा माग्ने, बैठकमा कस्तो कुर्सीमा को बस्यो भन्ने जस्ता विषयमा उठाउँदा जनता निराशा हुँदै गएका छन् ।’

नक्सा छाप्न पनि दह्रो मुटु भएको, राष्ट्रियताको लागि लड्ने एउटा नायक चाहिएकोमा वर्तमान सरकारकाले उक्त जिम्मेवारी पुरा गर्ने बताउँदै उहाँले भन्नुभयो, ‘कुर्सी जेसुकै होस् तर म राष्ट्रियताका लागि लड्छु भन्ने हिम्मत, कुर्सीबाट हट्न परे पनि आफ्नो भूमि छोड्दिन भन्ने हिम्मत चाहिन्थ्यो ।’

नक्साअनुसारको संविधान संशोधन गरिएको क्षण यात्राको सुरुआत मात्रै भएको बताउँदै उहाँले भन्नुभयो, ‘जमिनलाई वास्तविकरूपमा भोगचलनमा ल्याउन धेरै काम गर्न बाँकी छ ।’  मन्त्री ज्ञवालीले कोरोना भाइरस संक्रमणविरुद्धको लडाइँमा नेपाल दक्षिण एशियामै प्रभावकारी सफलता प्राप्त गरेको गर्नुभयो । ‘दक्षिण एशियामा कोरोनाविरुद्धको लडाइँमा नेपालले प्रभावकारी सफलता प्राप्त गरेको छ’, उहाँले भन्नुभयो ।
नेपाली कम्युनिष्ट आन्दोलनमा पुष्पलाल र मदन भण्डारी दुई व्यक्तिको पार्टी स्थापना र प्रतिपादित सिद्धान्त जबजको बाटोमा नै अगाडि बढिरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

जेनेभा, १५ चैत । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सार्स–कोभ–२, मर्स–कोभ र नोवेल कोरोना भाइरस–१९ को खोज, अनुगमन र मूल्याङ्कनका लागि नयाँ

इलिनोइस, १५ चैत । अमेरिकाको इलिनोइस राज्यमा एक व्यक्तिले अन्धाधुन्ध चक्कु प्रहार गर्दा ४ जनाको मृत्यु भएको छ भने कम्तीमा ५ जना

काठमाडौँ, १५ चैत । विश्वभरका परिवारले हरेक दिन एक अर्ब डलर अर्थात १ खर्ब ३२ अर्ब रुपैयाँ बराबरको खाना खेर फाल्ने

एजेन्सी, १४ चैत । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा (केपी) प्रान्तमा मंगलबार भएको हमलामा पाँच चिनियाँ नागरिक र एक पाकिस्तानीको मृत्यु