विकास विरोधीहरु अदालत र अख्तियार हैन, जनतासँग जानुस्, भावना बुझ्नुस्: सांसद बस्नेत

भक्तपुर, १० साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले राजनीतिक कुण्ठाका कारण जनताको विकास प्रतिको चाहनालाई कसैले रोक्नु नहुने बताउँदै विकासका विरोधीहरुले जनताको विकासप्रतिको चाहनालाई रोक्न अदालत तथा अख्तियार नभई जनताको माझमा जानुपर्ने बताउनुभएको छ ।

जनताको भावना नै वर्तमान समयको अनिवार्यता रहेको उल्लेख गर्दै उहाँले विकासमा राजनीति गर्नेलाई जनताले एक पछि अर्को गर्दै पाखा लगाउँदै जाने स्पष्ट पार्नुभयो । सूर्यविनायक नगरपालिका वडा नं. ५ र ७ को आयोजनामा वडा नं. ५, ६ र ७ को सीमानामा नेपाली सेना विरदल गण सूर्यविनायक, डिभिजन वन कार्यालय भक्तपुरको सहकार्यमा ‘वृक्षारोपण गरौं, हरियाली बचाऔं’ भन्ने मुख्य नाराका साथ सूर्यविनायक नगरपालिका वडा नं. ५ र ७ को सीमामा पर्ने छेडोलमा निर्माणाधिन खेलकुद मैदान, फुट ट्रायल तथा पर्यटकीय स्थालको रुपमा विकास भइरहेको क्षेत्रमा वृहत वृक्षारोपण कार्यक्रमको सांसद बस्नेतद्वारा शुभारम्भ गरिएको छ ।

गुण्डु र कटुञ्जेको सीमानामा रहेको उक्त स्थानमा आज हरियाली प्रवद्र्धन गर्न राज्यको शुन्य लगानीमा कपुर तथा तेजपालका विरुवाहरु रोपिएको छ । विकृति, विसंगति, बाहिरी शौचालयकौ रुपमा रहेको उक्त स्थान पछिल्लो समय भएको विकासका कारण भक्तपुरको आर्थिक, सामाजिक, वातावरणीय, खेलमैदान, पर्यटकीय लगायतका कुराहरुको विकास र विस्तारको मेरुदण्डको रुपमा समेत स्थापित हुँदै गएको छ ।

कार्यक्रममा बोल्दै सांसद बस्नेतले भक्तपुरमा भइरहेको विकास देखेर कतिपय व्यक्ति तथा राजनीतिक दलहरुको अस्थित्वमाथि नै प्रश्न उठ्न थालेपछि विकास रोक्न विभिन्न वहानाहरु बनाई अवरोध गर्ने गरेको उल्लेख गर्नुभयो । वर्षाको समयमा गर्न मिल्ने प्रकारका कामहरु मात्र भइरहेकोले मानिसमा भ्रम फैलाउने कार्य गर्नु निन्दनीय भएको बताउँदै उहाँले भक्तपुरमा असारमा मात्र हैन, १२ महिना, २४सै घण्टा विकास भएको स्पष्ट पार्नुभयो ।

देशभर वर्षाका कारण सडकहरु अवरुद्ध भइरको समयमा भक्तपुरमा कतिपय विकास विरोधी व्यक्तिहरुले असारे विकासका कारण भक्तपुरका सडकहरु बन्द भएको भनि अनावश्यक हल्ला गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कतिपय स्थानमा विकासको विरोधीले अवरोध गर्दै अख्तियार तथा अदालतमा मुद्धा समेत हालेका छन् । विकास रोक्नलाई अदालत तथा अख्तियार हैन, जनतासँग जानुस्, जनताले के चाहेका छन् ? बुझ्नुस् । अख्तियार र अदालतको फैसला हैन, विकासमा जनताको फैसलालाई आत्मसात् गर्नुस् ।’

विकास विरोधी चेतनाका कारण विकासको विरोध गरेको उल्लेख गर्दै उहाँले भक्तपुरमा भइरहेको कतिपय विकासहरुको विरोध नजानेर नभई योजनावद्ध विकासको विरोध भईरहेको समेत स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘भक्तपुरमा भइरहेका विकासका कामहरको अख्तियारमा मुद्धा हालेर केही हुनेवाला छैन, काम देखेर अख्तियारमात्र हैन, त्यो भन्दा माथिकै जोसुकै आएपनि काम देखेर आफै बुझ्नेछन् । जो सुकै आएर बुझे हुन्छ, जनताको चाहना र आवश्यकता अनुसारको विकास भएको छ । नेपालकै उदाहरणीय जिल्लाको रुपमा आफ्नो पहिचान स्थापित गरेको छ ।’ सार्वजनिक हितको लागि सवै निकायहरु साथमा रहेको उल्लेख गर्दै भक्तपुरको विकासमा कोही एक्लै नभएको समेत उहाँले स्पष्ट पार्नुभयो ।

हरियाली मौसमलाई पनि हरियाली, वातावरणलाई नै हरियाली बनाउनुपर्ने बताउँदै उहाँले प्रकृतिलाई नै हरियाली बनाउने कार्य गर्नुपर्नेमा जोड दिनुभयो । जनताको चासो र उत्सुक्तामा विकासले महत्वपूर्ण स्थान ओगट्न सकेको उल्लेख गर्दै उहाँले उक्त स्थानलाई भक्तपुर र सूर्यविनायक नगरपालिकाको संगमको रुपमा खेल परिषरको रुपमा अघि बढाएकको बताउनुभयो ।

स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्तरगत फुटसल अघिल्लो आर्थिक वर्षमा निर्माण सम्पन्न भएको जानकारी गराउँदै उहाँले व्याडमिन्टन र भविलव खेलमैदानको निर्माण कार्य अन्तिम चरणमा रहेको जानकारी गराउनुभयो । शहरी विकास मन्त्रालयबाट खुल्ला पार्क र ओपन जिमको निर्माण कार्य तिव्र गतिमा भइरहेको उल्लेख गर्दै जिमका सामाग्रीहरु ल्याउने कार्य भइरहेको बताउनुभयो । नेपाल सरकारको वन तथा वातावरण मन्त्रालय अन्तरगतको वातावरण विभागले विनियोजन गरेको रु ७५ लाखको लागतमा फुट ट्रायल निर्माण कार्यको सम्पन्न भइसकेको जानकारी गराउँदै उहाँले बैज्ञानिक तवरले करिव तीन किलोमिटरको फुट ट्रायल निर्माण भएको बताउनुभयो ।

उक्त स्थानमा बोटो क्रस गर्न झोलुङ्गे पुल समेत निर्माणको प्रक्रियामा रहेको जानकारी गराउँदै उहाँले उक्त स्थान मर्निङ वार्क, खेल मैदानको साथमा रमणीय पर्यटकीय स्थलको रुपमा समेत विकास हुने स्पष्ट पार्नुभयो । प्रदेश सरकार तथा प्राणी उद्यानको सहयोगमा कर्वोड हलको समेत निर्माण हुने उल्लेख गर्दै उहाँले नमुना योग्य क्षेत्रको रुपमा बनेको दावी गर्नुभयो ।

सल्लाघारीको दक्षिण भागमा खेर गइरहेको जमिनमा पाँच वटा अंगको विशेष उपचार गर्ने मानव अंग प्रत्यारोपण केन्द्रको स्थापना गर्ने योजना अघि बढेको समेत उहाँले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ बैशाख । आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार

काठमाडौँ, ५ बैशाख । नेपाल राष्ट्र बैंकले आज आइतबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate

काठमाडौँ, ४ बैशाख । नेपाल राष्ट्र बैंकले आज शनिबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate

काठमाडौँ, ४ बैशाख । सरकारले राजस्व छलीविरुद्ध आक्रामक रूपमा अघि बढेको दाबी गरिरहे पनि भन्सार प्रतिनिधिको मिलिमतोमा १ करोड १३

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021