जाजरकोट, १० साउन । सरकारद्वारा प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव नेतृत्वको समुहले बारेकोट गाउँपालिकाका बाढी-पहिरो पीडितलाई राहत वितरण गरेको छ ।
गाउँपालिका वडा नं. ४ का बाढी-पहिरो पीडितलाई सहयोग गरेको छ । मृतकका परिवार २, पूर्ण घर क्षती भएका परिवार ३ गरी ५ परिवारलाई एक-एक बोरा चामल वितरण गरिएसँगै अन्य विस्थापित ४७ घर परिवारलाई खाद्यान्न सामग्री वितरण गरेको छ ।
गत असार २५ गते बारेकोट ४ सार्र्कीटोलमा गएको पहिरोमा परि ११ जनाको मृत्यु भएको थियो । विभिन्न वडामा गएको पहिरोमा परी अझै तीनजना बेपत्ता छन् । बाढी-पहिरोका कारण १ हजार ५५ परिवारका ६ हजार ५०७ जना विस्थापित, ५४ घर भत्किएको, चार सय ७७ घर उच्च जोखिममा रहेको बारेकोट गाँउपालिकाका अध्यक्ष महेन्द्र बहादुर शाहले जानकारी दिनुभयो ।