संसद् भवन निर्माण तीव्र

काठमाडौँ, १० साउन । सिंहदरबारस्थित निर्माणाधीन संसद् भवन आगामी दुई वर्षभित्र तयार हुने भएको छ । भवन तयार भएपछि महँगो भाडा तिर्नुपर्ने अवस्थाको अन्त्य हुनेछ ।

सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले शुक्रबार निर्माणाधीन संसद् भवनको स्थलगत अनुमगन गर्नुहुदै सरकारका महत्त्वपूर्ण कामको नतिजा जनताले देख्ने र महसुस गर्ने बेला भएको बताएका छन् ।

उनले अबका दिनमा सरकारले भाडामा भवन लिएर संसद् सञ्चालन गर्नुपर्ने अवस्थाको अन्त्य हुने दाबी गरे । वार्षिक १५ करोड भाडा तिरेर अहिले बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा संसद् सञ्चालन भइरहेको छ ।

निर्माणाधीन संसद् भवनको भौतिक प्रगति सात प्रतिशत छ । साइट क्लियरेन्सका लागि समय लागेकाले केही ढिलाइ भएको सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले जानकारी दिए ।

१७३ रोपनी क्षेत्रफलमा निर्माणाधीन संसद् भवन निर्माणको लागत छ अर्ब ९२ करोड रुपियाँ छ । गत वर्ष असोज १६ मा सम्झौता भएको उक्त भवन निर्माणको अवधि तीन वर्षको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

गलकोट, ५ बैशाख । पत्रकारको न्यूनतम ज्याला कम नै हुन्छ । प्रविधिले पत्रकारलाई निकै खर्चिलो बनाउँदै लगेको छ ।  उनीहरुका

काठमाडौँ, ५ बैशाख । कर्णाली प्रदेश सरकारले चैते दशैँका अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को

बाँके, ५ बैशाख । बाँकेको नेपालगञ्ज उप–महानगरपालिका–१२ कोरियनपुरबाट प्रहरीले ब्राउन सुगर सहित ५ जनालाई पक्राउ गरेको छ । लागु औषध

नेपालगञ्ज, ५ बैशाख । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना विशेष वार्डमा उपचाररत

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021