कलङ्की मालपोतद्वारा जग्गा प्रशासन र भूसेवा सम्बन्धी अधिकार स्थानीय तहलाई हस्तान्तरण

नागार्जुनका नगर प्रमुख बस्नेतको उद्घोष : सिंहदरवारको अधिकार जनताको घरआँगनमा पुग्यो

काठमाडौँ, ९ साउन । यसअघि सम्म मालपोत कार्यालयले गर्दै आएको जग्गा प्रशासन र भूसेवा सम्बन्धी अधिकार कलङ्की मालपोत कार्यालयले स्थानीय तहलाई प्रदान गरेको छ ।

आफ्नो कार्य क्षेत्रभित्रका काठमाडौँका नागार्जुन, कीर्तिपुर, दक्षिणकाली, चन्द्रागिरि, र काठमाडौँ महानगरपालिकाका वडा नं. १३, १४ र १५ का कर्मचारीलाई मालपोत सम्बन्धी तालिम प्रदान गरि अधिकार स्थानीय तहमा हस्तान्तरण गरेको हो ।  उक्त स्थानीय तहका कर्मचारीलाई प्रदान गरिएको तीनदिने जग्गा प्रशासन र भूसेवा सम्बन्धी तालिमको शुक्रवार सामापन गरिएको छ ।

शुक्रवार समापन कार्यक्रमको प्रमुख अतिथिको आशनबाट बोल्दै नागार्जुन नगरपालिकाका प्रमुख मोहोनबहादुर बस्नेतले संविधानमा भएको अधिकार स्थानीय तहमा हस्तान्तरण गर्ने काम कलङ्की मालपोत कार्यालयले शुरु गरेको बताउनुभयो । नगर प्रमुख बस्नेतले मालपोतको काम स्थानीय तहमा हस्तान्तरण हुनु केन्द्रमा भएको अधिकार जनताको घरआँगनमा पुगेको बताउनुभयो ।

उहाँले मालपोतको अधिकार क्रमिक रुपमा स्थानीय तहहमा हस्तान्तरण गर्ने कार्य शूरुवात गरेकाले ७५३ वटै स्थानीय सरकारको तर्फबाट सरकारलाई धन्यवाद दिनुभयो । संविधानको परिकल्पना अनुसार मालपोतको काम स्थानीय तहमा हस्तान्तरण गर्ने काम शूरु भएको हो । नगर प्रमुख बस्नेतले तालिममा सहभागि सबैलाई प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।

सरकारले चालु आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमै ६० वटा मालपोत कार्यालयलाई स्थानीय तहमा हस्तान्तरण गर्ने घोषणा गरेको थियो । सोही अनुसार कलङ्की मालपोत कार्यालले आफ्नो कार्य क्षेत्रभित्रका स्थानीय तहका कर्मचारीलाई मालपोतको काम सम्बन्धी तालिम प्रदान गरिएको हो ।

कलङ्की मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत टेकराज आर्यलले जग्गा प्रशासन र भूसेवा सम्बन्धी अधिकार स्थानीय तहमा पठाउने कलङ्की मालपोत पहिलो भएको दाबी गर्नुभयो । सरकारको नीति र कार्यक्रम यस कलङ्की मालपोत कार्यालयले कार्यान्वयन गर्ने काम शूरुवात गरेको उहाँले बताउनुभयो ।

तीनदिनसम्म चलेको तालिममा सहभागितहरुले मालपोत सम्बन्धी काम सिक्ने अवसरले मिलेको बताउनुभयो । मालपोत कार्यालयको प्रशासनीयक काम जटिल प्रकृतिको हुने भएकाले स्थानीय तहलाई हस्तान्तरण गर्नुपूर्व स्थानीय तहका कर्मचारीलाई सेवा प्रवाह गर्नकाका लागि तयार पार्न तालिम प्रदान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय कञ्चनपुरका मालपोत अधिकृत लोकराज जोशीविरुद्ध विशेष अदालतमा मुद्दा दायर

 बुटवल, १ बैशाख । ट्रकको ठक्करबाट कपिलवस्तुमा एकजना पत्रकारको मृत्यु भएको छ । गएराती पत्रिकाको काम सकेर लु५९ प ६४४१

काठमाडौँ, १ बैशाख । आजदेखि नयाँ वर्ष प्रारम्भ भएको छ । आज नेपालमा र विदेशमा रहेका नेपालीले हर्षाेल्लासका साथ एक

वि.सं.२०७८ साल बैशाख ०१ गते । बुधबार । ईश्वी सन् २०२१ अप्रिल १४ तारिख । नेपाल संवत् ११४१ । राक्षस

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021