स्वीस सकारले नेपाललाई ४० हजार पीसीआर टेष्ट किट सहयोग

काठमाडौँ, ९ साउन । स्वीस सरकारले नेपाललाई ४० हजार कोरोना परीक्षण पीसीआर टेष्ट किट सहयोग गरेको छ ।

कोभिड–१९ सम्बन्धी राहत र पुनस्र्थापनाको निरन्तरताका लागि भन्दै स्वीस सरकारको विकास सहयोग परिषद एसडिसीले उक्त परिमाणको पीसीआर किट सहयोग गरेको हो ।

४० हजार किट मध्ये २० हजार किट आजै नेपाल सरकार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई नेपालस्थित स्वीस दूतावासले हस्तान्तरण गरेको छ ।  दुई चरणमा गरेर प्रदान गरिने भनिएको उक्त किटको दोस्रो लटको बाँकी २० हजार भने आउँदो अगष्टमा प्रदान गरिने स्वीस दूतावासले जनाएको छ ।

एसडिसीले सहयोग गरेको उक्त पीसीआर किट रोशन डायग्नोष्टिकको हो । कोभिड–१९ सँगै नेपाल सरकारलाई निरन्तर सहयोग गरिरहेको एसडिसीले यसअघि नै ५ करोड ४ लाख २२ हजार ३०१ रुपैयाँ बराबरको अत्यावश्यक स्वास्थ्य सामाग्रीहरु सहयोग गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ बैशाख । मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार दोस्रो जित हात पार्दै शीर्ष स्थानमा उक्लेको छ

काठमाडौँ, ५ बैशाख । बार्सिलोनाले स्पानिस कोपा डेल रेको फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा मेसीको दुई

काठमाडौँ, ४ बैशाख । त्रिदेशीय टी–ट्वान्टी शृङ्खलाको पहिलो खेलमा नेपालले शानदार जित हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले

काठमाडौँ, ४ बैशाख । महेन्द्र सिंह धोनीले इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नाई सुपर किंग्सका लागि दुई सयौँ खेल खेल्दा चेन्नाई

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021