मन्त्री खतिवडाद्वारा ‘नेपाल डेभलपमेन्ट अपडेट २०२० प्रतिवेदन’ सार्वजनिक

काठमाडौँ, ८ साउन । अर्थमन्त्री डा. युवराज खतिवडाले ‘नेपाल डेभलपमेन्ट अपडेट २०२० प्रतिवेदन’ भर्चुअल सेमिनारमा सार्वजनिक गरेका छन ।

आज सार्वजनिक भएको उक्त प्रतिवेदनमा विश्व बैंकले सन् २०२१ (२०७७/७८)मा नेपालको आर्थिक वृद्धिदर मात्र २.१ प्रतिशत हाराहारी मात्र रहने प्रक्षेपण गरिएको छ ।

तर, यही प्रतिवेदन सार्वजनिक गरेपछि अर्थमन्त्री खतिवडाले आगामी वर्ष आर्थिक वृद्धिदर ७ प्रतिशत हुने रटान दोहोर्‍याए । विश्व बैंकले यसअघि नै २.१ प्रतिशतको वृद्धि हात पर्ने अनुमान सार्वजनिक गरिसकेको थियो ।

सरकारले चालु आर्थिक वर्ष २०७७/७८ बजेटमा नै ७ प्रतिशत हाराहारीको आर्थिक वृद्धि हुने अनुमान गरेको छ । विश्व बैंकले गरेको कार्यक्रममा अर्थमन्त्री डा. खतिवडाले आयोजनाहरुको प्रभावकारी कार्यान्वयन, अर्थतन्त्रमा कोभिडको असर न्यूनीकरणमा सरकारले ल्याएको प्याकेजहरुका कारण अर्थतन्त्र छिट्टै पुनरुत्थान हुने दावी गरे ।

आर्थिक वर्ष २०७६/७७ (२०२०) मा भने विश्व बैंक र सरकारको अनुमान करिव नजिक नजिक देखिएको छ । उक्त आवमा सरकारले २.३ प्रतिशतको आर्थिक वृद्धिको अनुमान गरेकोमा विश्व बैंकले यस वर्ष १.८ प्रतिशतको वृद्धि अनुमान गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बुटवल, ६ बैशाख । लुम्बिनी प्रदेश सरकारमा थपिएका नया चार जना मन्त्रीले सपथग्रहण लिएका छन । जनता समाजवादी पार्टी (जसपा)का

काठमाडौँ, ६ बैशाख । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै बेला निर्वाचन हुन सक्ने भएकाले तयारी अवस्थामा बस्न

काठमाडौँ, ६ बैशाख । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोप लगाएर ८

काठमाडौँ, ६ बैशाख । थप १२ सय ८१ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ८५ हजार ९

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021