गृह प्रवक्ता शर्मासहित २६ सह–सचिवको सरुवा (सूचीसहित)

काठमाडौँ, ८ साउन । गृह मन्त्रालयले २६ जना सह–सचिवको सरुवा गरेको छ ।

गृहका सहसचिव शर्माको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, गण्डकी प्रदेश पोखरामा सरुवा भएको छ । त्यस्तै, गृहका सहसचिव मदन भुजेलको आर्थिक मामिला तथा योजना मन्त्रालय, बाग्मती प्रदेश हेटौँडा सरुवा भएको छ ।

भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीको रक्षा मन्त्रायलयमा सरुवा भएको छ । यसैगरी गृह मन्त्रालयका सहसचिव ज्ञानेन्द्र पौडेलको अर्थ मन्त्रालयमा सरुवा भएको छ ।

गण्डकी प्रदेशका प्रदेश सचिव किरण राज शर्माको सञ्चार तथा सूचना प्रविधि मन्त्रायलयमा सरुवा भएको छ । बागमती प्रदेशका सहसचिव विनोद प्रकाश सिंहको युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ ।

बागमती प्रदेशका सहसचिव मुकुन्द प्रसाद पौड्यालको राष्ट्रिय सूचना आयोगमा सरुवा गरिएको छ । कृषि तथा पशुपन्क्षि विकास मन्त्रालयका सहसचिव डण्डुराज घिमिरेको आर्थिक मामिला तथा योजना मन्त्रालय बागमती प्रदेशमा सरुवा गरिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव लोकनाथ पौड्यालको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश सरुवा गरिएको छ ।  राष्ट्रिय सूचना आयोगका सहसचिव दिनु बद्धाचार्य कुँवरको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव उमेश बस्नेतको गृह मन्त्रालयमा सरुवा भएको छ ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव रामबन्धु सुवेदीको भरतपुर महानगरपालिका चितवनमा सरुवा भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव नमराज घिमिरेको हेटौंडा उपमहानगरपालिका मकवानपुर सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव रमेश ढकालको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव आनन्द काफ्लेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव विपीन आचार्यको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव इन्द्रदेव यादवको गृह मन्त्रालय सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव हेमराज तामाङको गृह मन्त्रालय सरुवा भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव अनिता निरौलाको कृषि तथा पशुपन्क्षी विकास मन्त्रालय सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव रिकम श्रेष्ठको सत्य निरुपण तथा मेलमिलाप आयोगमा सरुवा भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव रामकुमार महतोको गृह मन्त्रालयमा सरुवा भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । आयरल्यान्ड ‘ए’ ले पहिलो टी–२० क्रिकेटमा घरेलु टोली नेपाललाई जितका लागि दुई सय २३ रनको विशाल

काठमाडौँ, १५ चैत । नेपाल ‘ए’ क्रिकेट टिमले आज आयरल्यान्ड वुल्भ्सविरुद्ध टी-२० सिरिजको पहिलो खेल खेल्दै छ । टियु मैदानमा हुने

काठमाडौँ, १४ चैत । नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीले एसीसी महिला एसिया कप खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)

काठमाडौँ, १३ चैत । आयरल्यान्ड वुल्भ्सविरुद्ध दोस्रो ट्वान्टी–२० खेल नेपालले ७१ रनले जितेको छ । योसँगै नेपाली सिनियर टिमले आयरल्यान्ड