विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ लाख २९ हजार नाग्यो

एजेन्सी, ८ साउन । विश्वभर नोवेल कोरोना (कोभिड–१९)बाट हालसम्म मृत्यु हुनेको संख्या ६ लाख २९ हजार २९८ जनाको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण अहिलेसम्म कुल १ करोड ५३ लाख ६४ हजार १८३ जना संक्रमित भएको पुष्टि भएको छ । यस्तै, कोरोना भाइरस संक्रमित मध्ये ९३ लाख ४३ हजार ७९६ जना उपचारपछि घर फर्किएका छन् ।

त्यस्तै कोरोनाको संक्रमणबाट अमेरिकामा १ लाख ४६ हजार १४२ जनाको मृत्यु भएको छ । यसैगरी, ब्राजिलमा ८२ हजार ८९० जना, बेलायतमा ४५ हजार ५०१ जना, मेक्सिकोमा ४० हजार ४०० जना र इटालीमा ३५ हजार ८२ जनाको मृत्यु भएको छ ।

हालसम्ममा कोरोना भाइरसका कारणबाट अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित देखिएका छन् । अमेरिकामा संक्रमित हुनेको संख्या ४१ लाख १३३ जना पुगेको छ । अमेरिकापछि ब्राजिलमा बढि संक्रमित देखिएको छ । अहिलेसम्म ब्राजिलमा २२ लाख ३१ हजार ८७१ जना, भारतमा १२ लाख ३९ हजार ६८४ जना, रसियामा ७ लाख ८९ हजार १९० जना र दक्षिण अफ्रिकामा ३ लाख ९४ हजार ९४८ जनामा संक्रमण देखिएको छ ।

हालसम्ममा अमेरिकामा १९ लाख ४२ हजार ५८८ जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, ब्राजिलमा १५ लाख ३२ हजार १३८ जना, भारतमा ७ लाख ८४ हजार २६६, रसियामा ५ लाख ७२ हजार ५३ र चिलीमा ३ लाख ९ हजार २४१ जना उपचारपछि घर फर्किएका छन् ।

त्यस्तै नेपालमा संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आजसम्म घर फर्किनेको संख्या १२ हजार ६ सय ८४ जना रहेको छ भने मृत्यु हुनेको संख्या ४२ जना पुगेको छ ।

चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त संक्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १६ चैत । दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको छ । दुर्घटनास्थलमा आठ वर्षीया एक बालिका

जेनेभा, १५ चैत । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सार्स–कोभ–२, मर्स–कोभ र नोवेल कोरोना भाइरस–१९ को खोज, अनुगमन र मूल्याङ्कनका लागि नयाँ

इलिनोइस, १५ चैत । अमेरिकाको इलिनोइस राज्यमा एक व्यक्तिले अन्धाधुन्ध चक्कु प्रहार गर्दा ४ जनाको मृत्यु भएको छ भने कम्तीमा ५ जना

काठमाडौँ, १५ चैत । विश्वभरका परिवारले हरेक दिन एक अर्ब डलर अर्थात १ खर्ब ३२ अर्ब रुपैयाँ बराबरको खाना खेर फाल्ने