मन्त्री भट्टराईद्वारा प्रगति पेश गर्न निर्देशन

काठमाडौँ, ७ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कर्मचारीसँगको कार्यसम्पादन सम्झौता प्रगति हप्ता दिनभित्र पेश गर्न निर्देशन दिएका छन् ।

आज सिंहदरबारमा मन्त्रालयको गत आर्थिक वर्षको प्रगति समीक्षा तथा चालू आर्थिक वर्षको कार्यक्रमका बारेमा भएको छलफलमा मन्त्री भट्टराईले गत आवमा मन्त्रीसँग भएको सम्झौताअनुसारका कार्यसम्पादन करारको प्रगति पेश गर्न मन्त्रालका सचिवलाई निर्देशन दिएका हुन ।

गत आवमा मन्त्रीले प्रधानमन्त्रीसँग गरेको सम्झौताका आधारमा प्रगति प्रतिवेदन पेश गर्ने मन्त्री भट्टराईले बताए  । उनले सबैसँग हप्ता दिनभित्रमा वार्षिक कार्यसम्पादन सम्झौता गर्नेसमेत बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असोज । प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । आज बसेको प्रेस काउन्सिलको

काठमाडौँ, ९ असोज । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता सुरु

काठमाडौँ, ९ असोज । लागूऔषध मुद्दामा कैद सजाय काटिरहेका एक कैदीको दुई वर्ष ७ महिना सजाय मिनाहा गरेको पर्सा अदालतले उक्त

काठमाडौँ, ९ असोज । हुम्लाको लिमी लाप्चा क्षेत्रमा चीनले भवन बनाएको बारेमा समाचार आएपछि गृह मन्त्रालयले सहायक प्रमुख जिल्ला अधिकारी