उम्रिदैको तीन पातेको फुर्ती कति दिन ? भन्दै रामकुमारी झाँक्रीलाई खुल्लापत्र

भन्न त सबैले तपाईलाई ‘कमरेड’ नै भन्नुहुन्छ तर मलाई भन्न मन भएन, रामकुमारी झाँक्री ज्यु नमस्कार !

पछिल्लो दिन यता आफ्नै पार्टी नेतृत्वको सरकार, सम्माननीय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष जनताका प्रिय नेता केपी शर्मा ओलीको र राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध विरोधको नेतृत्वकर्ता बन्दै आउनुभएको छ । देशमा महासंकट आइपरेको बेलामा समेत जनताको सरकारलाई सहयोग गर्न छोडेर उल्टो विरोधमा लागेको देख्दा लाग्छ कि तपाई कुनै खराब व्यक्ति बाटै परिचालित हुनुहुन्छ ।

मलाई विश्वास छैन, तपाईको समाजिक सञ्जालमा पोष्टिने काइते पोष्टहरु तपाईको औंलाले लेखेको हो भनेर ! यदि हो भने तपाईको भाषामा ‘जबज’ फिल्म हो भने मलाई भन्नू केही रहेन । किनकी तपाईको विचार कस्तो रहेछ रु अध्ययन के हुँदो रहेछ ? कसैमा भ्रम अब नरहला यति हो तपाईको फिल्म अधुरो नरहोस । रामकुमारी झाँक्री ज्यु, तपाईलाई यहाँसम्म ल्याइपुर्याउन सहयोग गर्ने व्यक्तिहरुले ‘धत ! कस्तालाई नेता बनाइएछ’ भन्दा तपाईलाई आफ्नो मुख छोपम-छोपम हुँदैन ? यदि तपाईलाई ‘जनताको बहुदलीय जनवाद’को विशेषताहरु थाहा छैन भने आउनुहोस थाहापाउनुहोस के के छन भनेर:

– संविधानको सर्वोच्चता,
– बहुलवादी खुल्ला समाज,
– शक्ति पृथकीकरणको सिद्धान्त,
– मानव अधिकारको रक्षा,
– बहुदलीय प्रतिस्पर्धात्मक प्रणाली,
– आवधिक निर्वाचन,
– बहुमतको सरकार तथा संवैधानिक प्रतिपक्ष,
– कानुनी राज्य,
– वैदेशिक पुँजी र प्रविधिको उपयोग,
– क्षतिपुर्तिको नीति,
– नेतृत्व र अधिनायकत्व,
– जनवादी व्यवस्थाको सुदृढीकरण,
– जनताको बहुदलीय जनवाद ।

अब छर्लङ्ग हुनुहोस माननीय ज्यु ।

‘जबज’को व्यानरमा अनेरास्ववियुको अध्यक्ष बन्नुभयो, त्यसैको व्याजमा कुनै लगानी नगरी निवासमै बसेर सांसद पद प्राप्त गरेको कति चाँडो बिर्सनुभयो ? तपाईका लागि जबज धन कमाउने भर्र्याङ् होला तर लाखौं कार्यकर्ताको लागि ‘जबज’ प्राण हो । उम्रिदैको तीन पातेको फुर्ती कति दिन ?

म तपाईलाई केही प्रश्न गर्न चाहन्छु,

– तपाईको राजनीति गर्ने भुगोल कहाँ हो ?
– भुगोल हुने माननीयज्युहरु जनताको दुस्खमा मलामपट्टी लगाउन जानुहुन्छ तर तपाई चाहिँ समाजिक सञ्जालमा पोष्टहरुमा कति बेरमा कति लाइक, कमेन्ट र शेयर आउँछन त्यही हेर्दै बस्ने हो ?
– तपाईसँग दिनदिनै प्रश्न गर्ने कहाँका जनता छन् ?
– तपाईसँग अपेक्षा राख्ने र सुख-दुखमा साथ खोज्ने जनता कहाँका छन् ?

तपाईलाई न जनताका पिर मर्का थाहा छ, न त भुगोलमा पसिना बगाउन पर्यो, क्य आननदै ? गुटले नेता मानेर हुँदैन हेक्का रहोस । तपाईले निर्वाचन लडने आँट पनि गर्नुहुन्न किनकी तपाईलाई कुनै भुगोलले चिन्दैन, न जनता साथमा छन, न दुनियाँलाई नै थाहा छ बस तपाईको फेसबुकमा ५१ हजार ७०० फलोअर मात्रै छन । जन आन्दोलनको एउटा तस्बिरको व्यापार गरेर कति समय तपाइँको राजनीति टिक्ला रु अनि एउटै तस्बिर कतिन्जेल बिक्छ हेरौंला । अनेरास्ववियुको अध्यक्ष भएको भरमा केन्द्रीय सदस्य र समानुपातिक सांसद पदको उपचार पाएर अहिले ‘जबज’को धज्जी उडाउन खोज्नेको हिसाबकिताब जनताले अवश्य गर्नेछन्, ढुक्का हुनुस । पार्टीको संगठित सदस्य समेत हुनको लागि समेत नैतिक पतन नगुमेको हुनुपर्छ, समरण रहोस् ।

तपाईले गम्भीर भएर सोच्नैपर्छ न त तपाईको बैंस उमेर नै छ याद गर्नुहोस ‘जबज’ नभएको भए तपाई यहाँसम्म कुनै हालतमा आइपुग्नु हुने थिएन त्यसैले अझै धेरै फुरफुर नगर्नुहोस नत्र रेखा बिग्रन सक्छ । एउटा नेपाली उखान तपाईलाई अवश्य थाहा होला ‘धेरै उम्लियो भने पोखिइन्छ भने ? । माननीयज्यु, नबिर्सिनुहोला ‘जबज’ भनेको दर्शन हो । ढिलै भए पनि मति सुधार्नुस, जनताको बिचमा जाने आँट राख्नुस शुभकामना ।

मनोज पहारी , पोखरा

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ साउन । थप ३३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार आज सबैभन्दा धेरै बाँकेमा

काठमाडौँ, २६ साउन । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको इन्द्रजात्राको साइत सार्वजनिक गरेको छ । जात्राको लिङ्गो काट्न वन

काठमाडौँ, २६ साउन । खुद्रा पसलमा २० रुपैयाँभन्दा बढीमा बिक्री वितरण भइरहेको बोतलको प्रशोधित पानीको मूल्य अब १६ रुपैयाँ मात्र

काठमाडौँ, २६ साउन । पुतली सडकको शंकरदेव क्याम्पस अगाडि एक घरमा आगलागी भएको छ । घरमा रहेको एक कार्यालयबाट आगो