लोकतान्त्रिक समाजवादको बाटोमा काँग्रेस सदैव क्रियाशील रहन्छ: सभापति देउवा

काठमाडौँ, ६ असार । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाले देखाएको लोकतान्त्रिक समाजवादको बाटोमा काँग्रेस सदैव क्रियाशील रहने उल्लेख गर्नुभएको छ ।

प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको ३८औँ स्मृति दिवसका अवसरमा आज उहाँले बिपीप्रति श्रद्धासुमन व्यक्त गर्दै लोकतान्त्रिक समावजादको बाटो अंगालेर विकास, न्याय र समानताको बाटोमा काँग्रेस अग्रसर रहने बताउनुभयो ।

यसैगरी काँग्रेस महामन्त्री डा। शशाङ्क कोइरालाले राष्ट्रियता र प्रजातन्त्र एक अर्काका पूरक भएको र राष्ट्र हित चाहने शक्ति एक भएर राष्ट्रियता र प्रजातन्त्रको संरक्षण गर्दै समाजवादमा बिपीको विचार अझ फैलाउन उच्च नैतिकता र गम्भीरताका साथ अघि बढ्नु आजको आवश्यकता भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । नेपाली कांग्रेसभित्र आगामी १४औं महाधिवेशनमा पार्टी नेतृत्वका लागि १० जना आकांक्षी देखिएका छन् । कांग्रेसभित्र हाल कायम

भक्तपुर, ७ असोज । सूर्यविनायक नगरपालिकाको आफ्नो सुविधा सम्पन्न तथा आधुनिक आफ्नै भवनको निर्माणको क्रममा रहेको छ । कटुञ्जमा महेन्द्र

काठमाडौँ, ७ असोज । अनेरास्ववियू, नेपाल विद्यार्थी संघ लगायत १३ विद्यार्थी संगठनले सरकारले बढाएको ५० प्रतिशत भाडा वृद्धि खारेज गर्न

काठमाडौँ, ७ असोज । नेपालमा ६ जिल्ला कोरोनामुक्त भएका छन ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोनामुक्त