झाँक्रीमाथि आक्रोसः तपाईको लागि जबज धन कमाउने भर्याङ, लाखौं कार्यकर्ताको लागि प्राण

काठमाडौँ, ५ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सांंसद रामकुमारी झाँक्रीमाथि सामाजिक सञ्जालमा तिव्र ओलोचना भइरहेको छ ।

सांसद झाँक्रीले पटक पटक सामाजिक सञ्जालमा आफ्नै सरकारमाथि अनावश्यक आरोप प्रत्यारोप गरी सरकारलाई असफल बनाउने लागि परेको भन्दै आफ्नैै पार्टीका कार्यकर्ताहरुले सामाजिक सञ्जालमा आक्रोस व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा नेकपाका कार्यकर्ताले समानुपातीक सांसद पार्टीले बनी उम्रिदैको तीन पाते फुर्ती कति दिन ? भन्दै आक्रोस जनाएका छन ।

कार्यकर्ताले जननेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज)लाई रंगौली नौंटकीमात्र नबनाउन समेत चेतावनी दिएका छन् । सामाजिक सञ्जालमा भनिएको छ, ‘सांसद झाँक्रीलाई जबज भनेको रंगौंली नौंटंकी मात्र रहेछ । जबजको व्यानरमा अनेरास्ववियुको अध्यक्ष बन्नुभयो, त्यसैको व्याजमा कुनै लगानी नगरी निवासमा नै बसेर सांसद पद प्राप्त गरेको कति चाँडो विर्सनु भयो, नेता ज्यू ? तपाईका लागि जबज धन कमाउने भर्याङ होला तर लाखौं कार्यकर्ताको लागि जबज प्राण हो ।’

त्यस्तै सामाजिक सञ्जालमा सांसद झाँक्रीमाथि प्रश्न नै प्रश्नको बजार समेत भएको छ । जुन,

कमरेड रामकुमारी झाक्री जी ,
तपाईंले राजनीति गर्ने भूगोल कहाँ हो ?
तपाईंसँग दिन दिनै प्रश्न गर्ने , सुखदुःख मा साथ खोज्ने जनता कहाँका हुन ?
न त तपाईंलाई जनताका पिर मर्का थाहा छ , न कहिल्यै भूगोलमा पसिना बगाउन पर्‍यो ।
– तपाईंले निर्वाचन लड्ने आँट गर्न पनि सक्नु हुन्न किनकी कुनै भूगोल नभएपछि तपाईंको साथमा जनता छैनन भन्ने दुनियालाई थाहा छ ।
– जन आन्दोलनको एउटा तस्बिरको व्यापार गरेर कति समय सम्म तपाईंको राजनीति टिक्छ , अनि एउटा तस्बिर कति समय सम्म बिक्छ हेरौंला !
– भूगोल हुने माननीय जनताको दुस्खमा मल्मपट्टी लगाउन जान्छन , तपाईं सामाजिक सञ्जालमा पार्टी अध्यक्ष एवं समाननिय प्रधानमन्त्रीलाई सरापेर बस्नु हुन्छ। यही हो तपाईंको राजनीति ???

सांसद झाँक्रीले सामाजिक सञ्जालबाट सरकारको विरोध गरेपछि नेकपाका कार्यकर्ता आक्रोसित बनेका हुन् । सांसद झाँक्रीले सामाजिक सञ्जालमा यस्तो लेख्नुभएको थियो,

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० मंसिर । सरकारले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्कालका लागि स्थगन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा

काठमाडौँ, १० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सरकारले महिलाविरुद्ध हुने सबै हिंसामा शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन् ।

काठमाडौँ, १० मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफूले प्राप्त गरेको कोरोना बीमा वापतको १ लाख

काठमाडौँ, १० मंसिर । कोरोना भाइरसका कारण निर्धारित कार्यतालिकाभन्दा केही ढिला हुन गएको थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण कार्यले पुनः गति लिएको छ