कुन विधिको कुरा गर्दै हुनुहुन्छ ? कमरेडहरू ! अमात्य, श्रेष्ठ तथा ज्ञवालीलाई जस्तै ?

रमेश पौडेल

पछिल्लो केहि दिनदेखी नेकपामा देखिएको अन्तरकलहबाट आफ्नो घरमा लगाएको आगोमा रोटी सेकी खाऊँला भनि आशा गरि बसेका केहि बाहेक अधिकांश नेता कार्यकर्ता चिन्तित देखिएका छन् । यो बिचमा अनेकौ वार्ता छलफलहरू पनि चलिरहेकै छ । सहमतिको नजिक नजिक पुग्ने बेलामा त्यो सहमतिबाट कस्को अभिष्ट पूरा नहुने देखिन्छ तब फेरी वार्ता भाँडिन्छ । यस्तै यस्तै चलीरहेको छ, केहि दिनदेखी । नेपाली जनताले लामो समयदेखी जनमत हुँदा हूँदै पनि विभक्त अवस्था रहेका कम्युनिष्टहरू एकठाऊँमा भएर बहुमत प्राप्त कम्युनिष्ट सरकार बन्यो भने वर्गिय, जातीय र क्षेत्रिय रुपमा पछाडी परेको वर्ग, समुदाय र क्षेत्रले न्याय पाऊँने र देश समृद्धिको दिशा तर्फ लाग्ने आशा देखेर नेपालका दुई ठूला कम्युनिष्ट पार्टी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई लगभग दुईतिहाई बहुमतको जनमतका साथ ५ वर्ष सरकार संचालन गर्ने जिम्मेवारी दिए । तर नेकपाकै ६० वर्ष नाघेका, हिजोको खिचातानी र १ वर्षमा २ वटासम्म सरकार परीवर्तन गर्ने राजनैतिक संस्कारबाट अगाडी बढेका नेताहरूले त्यो जनमतलाई स्वीकार गर्न सकेको देखिएन ।

सम्पूर्ण नेताहरू प्रति समान खालको सम्मान छ, सबै नेताका आ-आफ्नै विशिष्ट क्षमता छन् । नेपालको राजनैतिक व्यवस्था परिवर्तनको लडाईमा सबै नेताहरू गरेको योगदानलाई अवमूल्यन कसैले गर्नु हुँदैन । तर हिजो निर्वाचनको बेला प्रयोग गरिएको नाम, मासमा देखाईएको अनुहार र जनतामाझ गरिएको बाचालाई पनि त सम्झनु पर्ने होलानी होईन र ? अहिले पार्टी भित्रका सधै शक्तिमा रहन चाहने केहि नेताहरू पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्धमा विभिन्न फण्डा गर्दै राजिनामा माग गरिरहेका छन् र विधिको कुरा गरिरहेका छन् । राजिनामा माग गर्ने नेताहरूले सबैभन्दा पहिला बुझ्नुपर्ने कुरा के हो भने केप ओली महाधीवेशनबाट निर्वाचित अध्यक्ष तथा संसदिय दलबाट दलको नेतामा निर्वाचित भएर बनेका प्रधानमन्त्री हुन् ।

अर्को महत्वपूर्ण यथार्थ तर केहिलाई पचाउन गारो लाग्ने कुरा हामीले सोच्नै पर्छ र भन्नै पर्छ विधिको कुरा गर्दै अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको राजिनामा माग्ने नेताहरुको लाईनमा कस्ता कस्ता नेताहरूको सहभागिता छ र तिनिहरूले हालसम्म अवलम्बन गरेको विधि कस्तो थियो ? भन्ने कुरा पनि एकपटक सम्झन आवश्यक देखिन्छ । हिजो शुशिलचन्द्र अमात्यलाई राजिनामा गराएर सांसद हुँदै प्रधानमन्त्रीसम्म बनेका माधव कुमार नेपाल, मतगणना चल्दा चल्दई हारिने निश्चित भएपछि लामो समय मतगणना रोकेर सेटिंगमा लीला नाथ श्रेष्ठलाई हराएर सांसद बनेका र मतपत्र च्यातेर देवी ज्ञवालीलाई हराएर छोरीलाई मेयर बनाएका प्रचण्ड, नेकपा दुईतिहाईको जनमत प्राप्त गर्दा पनि निर्वाचनमा पराजित तथा पराजय पश्चात पनि कहिले विकास प्राधिकरणको सिईओ बन्न त कहिले विभिन्न क्षेत्रका सांसदहरूलाई राजिनामा गराएर त्यो ठाऊमा सांसद हुने सपना देखेका बामदेव गौतम तथा प्रतिनिधि सभाको निर्वाचनमा पराजय भएर पनि सांसद हुनै पर्ने जिद्धि गरेर राष्ट्रिय सभा सदस्य बनेका नारायणकाजी श्रेष्ठ लगायत नेताहरूले कस्तो विधिको कुरा गर्न खोज्दै हुनुहुन्छ रु आम कार्यकर्ता पंक्तिले जान्न खोजिरहेका छन् । यदि शुशिलचन्द्र अमात्य, लीलानाथ श्रेष्ठ र देवी ज्ञवाली माथी प्रयोग गरिएको विधिको यहाँ पनि प्रयोग गर्न खोजिएको हो भने त्यो सपना नदेख़दा पनि हुन्छ । नेतृत्व परिवर्तन गर्न सकिन्छ तर नमान्न पाईदैन र नेतृत्व परिवर्तनको लागी पनि निश्चित समय र विधि हुन्छ त्यसको लागि महाधिवेशनमा जानुपर्छ । अन्यथा, पार्टी भित्र यो तहको कलह देखाएर आफ्ना राजनैतिक शत्रु र भारत हसाउनु बाहेक केहि हुने छैन ।

केन्द्रीय सदस्य
राष्ट्रिय युवा संघ नेपाल

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असार । प्रहरीले लागुऔषध नियन्त्रण ब्यूरोले लागुऔषध मुद्दामा फरार दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा

काठमाडौँ, ९ असार । वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाई टर्की र बेलायत पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा

हेटौंडा, ९ असार । खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका–१८ सुकौराका ३७ वर्षीय

झापा, ९ असार । झापाको गौरीगञ्जमा आज बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगञ्ज–३ सयपत्री