प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि विश्व बैंकको १४ अर्ब ऋण

काठमाडौँ, ५ साउन । विश्व बैंकको सहयोगमा नेपालमा रोजगार सेवा विस्तारको कार्यक्रम संचालन शुरु भएको छ । यसका लागि विश्व बैंकले करीव १४ अर्ब रुपैयाँ बराबर सहयोग गरेको छ । ‘युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना’ नाम दिइएको यो कार्यक्रम प्रधानमन्त्री रोजगार कार्यक्रमसँग आवद्ध हुने भएको छ ।

आन्तरिक रोजगारी  प्रवर्द्धन गर्न विश्व बैंकको ऋण सहयोगमा आर्थिक रुपमा बिपन्न बेरोजगार युवालाई रोजगारीको अवसर सिर्जना, सीप तथा क्षमता अभिवृद्धि र रोजगारमूलक सेवाको विस्तारमार्फत श्रम बजारको परिणाममा सुधार ल्याउने लक्ष्य आयोजनाले लिएको विश्व बैंकले जानकारी दिएको छ ।

युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना’ को श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव र माल्दिभ्स, नेपाल तथा श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक श्री फारिस हदाद जर्भोसले सोमबार शुभारम्भ गरे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ मंसिर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार गर्दै गरेको कर्मचारीको सरुवासम्बन्धी नयाँ मापदण्डमा केही अधिकार प्रदेशलाई हस्तान्तरण

काठमाडौँ, १४ मंसिर । नेपाल–चीनबीचको ऐतिहासिक सम्बन्ध पाँचौँ शताब्दीदेखि अविच्छिन्न कायम रहेको छ । त्यसपछि सातौँ शताब्दीताका लिच्छवि राजकुमारी भृकुटीको

काठमाडौँ, १३ मंसिर । नागार्जुन नगरपालिकाले आगलागिको जोखिमबाट बच्चनका लागि शनिवार वडा नं. १ का स्थानीयलाई अग्नि नियन्त्रण यन्त्र वितरण

काठमाडौँ, १३ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सम्पन्न भएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा