भारतमा कोरोना संक्रमित संख्या ११ लाख नाघ्यो

एजेन्सी, ५ साउन । भारतमा स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९)का ४० हजार ४२५ नयाँ संक्रमित फेला परेका हुन् ।

यससँगै भारतमा कोरोना भाइरसका समग्र संक्रमितको संख्या ११ लाख १८ हजार ४२ पुगेको छ । भारतमा एकैदिन सबैभन्दा धेरै कोरोना भाइरसका नयाँ संक्रमित फेला परेका हुन् ।

त्यस्तै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि २७ हजार नाघिसकेको छ । अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण २७ हजार ४९७ जनाको मृत्यु भइसकेको छ । भारतमा पछिल्लो २४ घण्टामा मात्र कोरोना भाइरसको कारण ८१ जनाको मृत्यु भएको हो ।

अहिलेसम्म भारतमा कोरोना भाइरसका सात लाख ८७ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् । भारतको सबैभन्दा प्रभावित महाराष्ट्रमा तीन लाख १० हजारभन्दा धेरै संक्रमित फेला परेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ मंसिर । मकवानपुरमा १४ र बारा १० जना गरी २४ जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुरमामा ३ लाख

कास्की, १२ मंसिर । आफ्नै १३ वर्षीया छोरीलाई करणी गर्ने बुबालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका

चितवन, १२ मंसिर । कारागार कार्यालय चितवनका एक थुनुवा फरार भएका छन् । कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार जबर्जस्ती करणी

महोत्तरी, १२ मंसिर । जिल्लाको मनरासिस्वा नगरपालिका–१ मा गए राति भतिजको कुटाइबाट गम्भीर घाइते काकाको मृत्यु भएको छ ।  मनरासिस्वा नगरपालिका–१