काठमाडौँ, ५ साउन । स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति भएको लिगको अन्तिम खेलमा बार्सिलोनाले अलाभेसमाथि सानदार जित निकालेकाे छ ।
अलाभेसको मैदानमा भएको खेलमा बार्सिलोनाकाले अलाभेसमाथि ५-० को फराकिलो जित दर्ता गरेको हाे । बार्सिलोनालाई सानदार जित दिलाउनकाे लागि कप्तान लिओनेल मेस्सीले २ गोल गरेका थिए । अन्य गोल अन्सु फाती, नेल्सन सेमेडो र लुइस सुआरेजको नाममा रहयो । पहिलो हाफमा नै ३-० को अग्रता लिएको बार्सिलोनाले दोस्रो हाफमा २ गोल थपेको थियो ।
यस जितसँगै बार्सिलोनाले लिगको दोस्रो स्थानमा रहदै सिजनको अन्त्य गरेको छ । बार्सिलोनाले ३८ खेलमा ८२ अंक जोड्यो । पराजित अलाभेसले भने समान खेलबाट ३४ अंक जोड्दै तालिकाको १५ औं स्थानमा रहदै सिजनको अन्त्य गरेको छ ।





