‘जनताको सरकार’ हो भनि आम नागरिकले अनुभुति गरेका छन्ः सांसद पहारी

पोखरा, ४ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशका सचिवालय सदस्य, पूर्वयुवा संघ नेपालका केन्द्रीय अध्यक्ष तथा गण्डकी प्रदेशका सांसद राजिव पहारीले वर्तमान सरकारको प्रभावकारी पहल कदमीका कारण कोरोना संक्रमण नियन्त्रण हुने क्रममा रहेको जसले गर्दा जनताको सरकार हो भनि आम नागरिकले अनुभुति गरिरहेको बताउनुभएको छ ।

आज प्रदेश सभा आफ्नो धारणा राख्दै सांसद पहारीले सरकारको व्यवस्थित तथा प्रभावकारी कदमकै कारण नेपालमा कोरोना संक्रमणको दर घट्दै गएको र निकट भविष्यमा नै संक्रमणको दर शुन्यमा झर्ने क्रममा रहेको बताउनुभयो ।

नेपाल राष्ट्र बैंकले मौद्रीक नीति जारी गर्दै पर्यटन, यातायात, व्यापार व्यवसायीलगायतका सवै क्षेत्रहरुलाई चालु पुँजी कर्जा, सहुलियतपूर्ण कर्जा र पुनःकर्जा प्राथमिकता दिएको उल्लेख गर्दै उहाँले पर्यटन सँग सम्बन्धीत आयोजना निर्माण र समयमा नै सम्पन्न गर्न वैंक तथा वित्तिय संस्थाबाट सहज रुपमा ऋण प्रवाह गर्ने व्यवस्था गरेकोमा राष्ट्र बैंकलाई विशेष धन्यवाद समेत व्यक्त गर्नुभयो । उत्पाद अभिवृद्धि, रोजगारी तथा उद्यमीलगायतका क्षेत्रमा ५ प्रतिशत व्याजदरमा ऋण उपलब्ध गराउने जानकारी गराउँदै उहाँले पर्यटन र यातायात कोभिडको सुरक्षालाई अपनाउँदै सञ्चालनको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

कोभिड–१९ ले भन्दा बढी बाढी पहिरोले ज्यान गएको बताउँदै उहाँले सराङ्कोटमा ५ जनाको मृत्यु भएको त्यस्तै माछापुच्छ«े गाउँपालिका तीन जना बच्चाको दुःखद् निधन भएको भन्दै दुःख व्यक्त गर्नुभयो । पोखरा २३ को बाम्दीमा अविरल वर्षाकै कारण हर्पण खोलाको बाँधमा क्षती पुगेर बाम्दी बस्ती पुरै डुवानमा परेको, ५५ घरधुरी उच्च जोखिममा रहेकोले समयमा नै त्यसको व्यवस्थापन नगरे ठूलो मानविय क्षती हुने सम्भावना रहेको भन्दै उहाँले बाढी पहिरो नियन्त्रण गर्न प्रदेश सरकारले संघ र स्थानीय तहबीचमा समन्वय गरी प्रभावकारी कदम चाल्नुपर्ने बताउनुभयो । भू–बनोट र वातावरणीय प्रभावको अध्ययन गरेर मात्रै बाटो खन्ने र घर बनाउने कार्यको व्यवस्थापन गर्न प्रदेश सरकार मार्फत सम्बन्धीत निकायको ध्यानाकर्षण समेत गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘फेवातालको माथिल्लो तटिय सिमसार क्षेत्रको तल दलदल तल पानी र माथि माटो रहेको छ, ती ठाउँहरुमा पुरै परेर वस्ती बस्ने कार्य भइरहेकाले त्यसलाई तत्काल रोक्नुपर्छ । पोखरा ६ र १८ को सीमानामा सेती डाँडामा पहिरो खसेको, पोखरा ६ कै खहरेको डाँडा पुरै चिरिएकोले तत्काल उक्त ठाउँहरुको संरक्षण गर्नुपर्छ ।’

२८ करोडको लागतमा प्रदेश सरकार र नगरपालिकाको सहकार्यमा चेक ड्याम बनेको उल्लेख गर्दै उहाँले उक्त स्थानमा आउने ढुङ्गा, गिटी तथा वालुवाबाट प्रत्येक वर्ष करिव १३ करोड भन्दा बढी आम्दानी हुुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘२८ करोडको लागतमा प्रदेश सरकार र नगरपालिकाको सहकार्यमा चेक ड्याम बनेको तर हर्पन खहरे खोलाबाट प्रत्येक वर्ष १ लाख ४२ हजार मेट्रिक्टन वालुवा, गिटी वगाएर ल्याई ताल पुर्दै गएको र अहिले सिल्ट्रेसन पोखरीमा जम्मा भएका छन् । प्राविधिकको कुरा अनुसार ति सिल्ट्रेसन पोखरीमा तीन तीन दिनमा वालुवा गिटी निकालिएन भने सिल्टे«सन ड्याम नै फुट्ने खतरा रहेको छ । यसको व्यवस्थापन गर्न सवैले समयमा नै सचेत हुन जरुरी रहेको छ ।’

पोखरा २३ ठूला खेतमा कार्की तहरा डुणेको फाँटमा समेत वस्ती जोखिममा रहेको, सवै शाखा सडकहरु अवरुद्ध रहेकाले तत्काल खोलाई जनजीवन सामान्य बनाउनुपर्नेमा जोड दिँदै उहाँले पोखराका विभिन्न ठाउँहरुका सडकहरुमा खाण्डाखुल्डी रहेको र त्यसलाई पुर्न महानगरपालिका तथा केन्द्रीय सरकारसँगको सहकार्य तथा समन्वयमा प्रदेश सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ मंसिर । भूकम्पपछिको पुनःस्थापना र पुनःनिर्माणमा हासिल भएका अनुभव तथा सिकाइबारे छलफल गर्न तथा सुझाव लिन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले

बैतडी, १४ मंसिर । सुदूरपश्चिम प्रदेशका  मुख्यमन्त्री त्रिलोचन भट्टले कानुन कार्यान्वयनका लागि सबैको सहयोग आवश्यक पर्ने बताएका छन् । शनिबार मानवअधिकार

काठमाडौँ, १४ मंसिर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार गर्दै गरेको कर्मचारीको सरुवासम्बन्धी नयाँ मापदण्डमा केही अधिकार प्रदेशलाई हस्तान्तरण

काठमाडौँ, १४ मंसिर । नेपाल–चीनबीचको ऐतिहासिक सम्बन्ध पाँचौँ शताब्दीदेखि अविच्छिन्न कायम रहेको छ । त्यसपछि सातौँ शताब्दीताका लिच्छवि राजकुमारी भृकुटीको