महिलाको शान्ति सुरक्षाको अवस्था मापन गर्न निर्देशन

file photo

काठमाडौँ, ४ साउन । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले महिलाको शान्ति सुरक्षाको अवस्थाबारे मापन गर्न सरकारलाई निर्देशन दिएको छ ।

आज प्रदेशसभाको सामाजिक समितिका प्रतिनिधिसँगको छलफलपछि समितिले नेपालमा महिलाको शान्ति सुरक्षाको विद्यमान अवस्था मापन गर्न र सो को परिणाम समितिलाई लिखित रुपमा जानकारी गराउन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको हो ।

महिला तथा सामाजिक समितिले प्रदेश सभाका सामाजिक समितिका सभापति र सांसदहरुसँग महिलाको शान्ति सुरक्षाको अवस्थाबारे छलफल गरेको थियो । छलफलमा सहभागी सांसदहरुले महिला हिंसामा कमी आउनुको सट्टा झन् बढ्दै गएको धारणा राखे ।

संघीय संसदको महिला तथा सामाजिक विकास समितिकी सभापति निरु देवी पालले महिला अधिकार र सहभागिताको सन्दर्भमा नेपाल दक्षिण एसियामै सबै भन्दा अगाडि रहेको उल्लेख गरिन् । तथापि, अझै महिला र पुरुषका बीचमा समानता स्थापित भइनसकेको भन्दै उनले बनेका कतिपय नीति कागजमै सीमित रहेको टिप्पणी गरिन् ।

सांसद गंगा चौधरीले महिला हिंसा न्युनीकरणका लागि नयाँ कानुन नचाहिने बताइन् ।

पूर्वमन्त्रीसमेत रहेकी सांसद थममाया थापाले राजनीतिक परिवर्तन भएको भए सोचमा परिवर्तन आउन नसक्दा महिला हिंसाका घटनामा कमी आउन नसकेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ मंसिर । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृङ्गलाबीच शिष्टाचार भेटवार्ता भएको छ । सचिव श्रृङ्गलाले आज

काठमाडौँ, ११ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले धनको गरिब भए पनि सरकार मनको गरिब नरहेको बताएका छन् । बालुवाटारमा आज

काठमाडौँ, ११ मंसिर । भारत विदेशसचिवस्तरीय बैठक सुरु भएको छ । दरबारमार्गस्थित याक एण्ड यति होटलमा शुरु भएको उक्त विदेशसचिवस्तरीय

काठमाडौँ, ११ मंसिर । भारतीय विदेशसचिव हर्षवर्धन श्रृंगलाले आज नेपाल आएका छन ।  उनले  काठमाडौं विमानस्थलमा पत्रकारहरुलाई नेपाली भाषामै प्रतिक्रिया दिदै उनले