विदेशमाबाट नेपाल आउनलाई यसरी लिनुस् सरकारबाट निःशुल्क टिकट

काठमाडौँ, ४ साउन । विदेशमा अलपत्र नेपालीले चार्टर्ड उडानको टिकट किन्ने खर्च नपाएर अलपत्र परेको छ भने तुरुन्तै दूतावासमा एउटा निवेदन दिएमा अब विदेशमा बेर्खची भएका श्रमिकलाई सरकारी खर्चमा उद्धार गरिने सरकारले बताएको छ ।

कोभिड-१९ को विश्वव्यापी संक्रमणको कारण वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका नेपाली श्रमिकको उद्धार गरी स्वदेश फिर्ता गर्ने सम्बन्धी निर्देशिकाले टिकट काटेर नेपाल फर्किन नसक्नेहरुको उद्धार गर्न बाटो खोलेको छ ।

रोजगारीको प्रकृति, विदेशको आर्जन र अन्य स्रोत समेतका आधारमा आफ्नै खर्चमा स्वदेश र्फकन नसक्ने अवस्थाका श्रमिकलाई सरकारले टिकटसहित क्वारिन्टिसम्म लैजाने खर्च उपलब्ध गराउनेछ  । थुनामा परी आममाफी पाएर स्वदेश फिर्ती केन्द्रमा रहेका श्रमिकलाई समेत कोषको रकम खर्च गरी उद्धार गरी स्वदेश फिर्ता गरिने भएको छ ।

सम्बन्धित गन्तव्य मुलुकको सरकार, रोजगारदाता, रोजगारीमा पठाउने इजाजतपत्रवाला वा अन्य स्रोतबाट स्वदेश फिर्ताको लागि आंशिक सहयोग प्राप्त भएकोमा त्यस्तो श्रमिकलाई स्वदेश फिर्ता हुन लाग्ने हवाई टिकट खर्चमा नपुग भएको रकमसम्म कोषबाट व्यहोर्न व्यवस्था पनि गरिएको छ ।

अलपत्र परेका श्रमिकलाई उद्धार गरी स्वदेश फिर्ता गर्न उपयुक्त देखिएमा कूटनीतिक नियोगले सो विवरण प्रमाणित गरी परराष्ट्र मन्त्रालयमार्फत वैदेशिक रोजगर बोर्डमा पठाउनु पर्नेछ । बोर्डले त्यस्ता श्रमिकलाई स्वदेश फिर्ता गर्न वैदेशिक रोजगर कल्याणकारी कोषबाट रकम उपलब्ध गराउनेछ ।

श्रमिकले सम्बन्धित देशमा प्राप्त गरेको पारिश्रमिक खुल्ने रोजगार करारपत्र, श्रमिकले काम गरेको अवधिको तलव तथा अन्य सुविधा पाए वा नपाएको र श्रमिकले अन्य कुनै पक्षबाट स्वदेश फिर्ताका लागि पूर्ण वा आंशिक आर्थिक सहयोग पाए वा नपाएको यकीन गरिनेछ । रोजगारी गुमाउनु पर्नाको कारण, श्रमिकको कोभिड-१९ सम्बन्धी स्वास्थ्य परीक्षण विवरणलाई पनि आधार मानिनेछ ।

श्रमिकले स्वदेश फिर्ताको लागि तोकिएको ढाँचामा सम्बन्धित कूटनीतिक नियोगमा निवेदन दिनुपर्नेछ । नियोगले इजाजतपत्र प्राप्त संस्था मार्फत वैदेशिक रोजगारीमा गएका श्रमिकको हकमा त्यस्तो म्यानपावर कम्पनीमा सोको जानकारी पठाउनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । सरकारले घोषणा गरेका समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुगेको छ ।   भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

काठमाडौँ, १५ चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिक्का हेक्काबीच

काठमाडौँ, १५ चैत । अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि बेलायतका राजदूत रब फेनबीच भेटवार्ता भएको छ । आज राजदूत फेनले

काठमाडौँ, १५ चैत । बुढानीलकण्ठ स्कुलको प्रचार गरेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठको आलोचना भएको छ ।