भारतको इतिहासमा नेपाली नेतृत्वले भुकम्प नै पैदा गराउने प्रम ओलीको राजिनामा किन ?

दिपेश खड्का

नेपालको इतिहासमा राजतन्त्र, निरंकुशतन्त्र, प्रजातन्त्र, पञ्चायत तन्त्र, बहुदलीय व्यवस्था हुँदै संघिय लोकतान्त्रीक गणतन्त्रसम्म आइपुग्दा भारतीय शासकहरुको अधिनमा रहेको नेपालले भारतको गुलामी गरेर तथा उसकै नियन्त्रणमा सयौं वर्षहरु पुरा गर्यो । जसले नेपालको लागि एक रति पनि फाईदा भएन । बरु घाटै घाटाको यात्रा तय गर्यो ।

इतिहासका विर गोर्खालीले हदसम्म नेपाललाई जोगाउन सफल भए । जसमा भक्ति थापा, अम्बर सिंह थापा, बलभद्र कुँवर, जंगबहादुरलगायतका नेतृत्वको देन महत्वपूर्ण रहेको छ । वीर गोर्खालीको पहिचाना स्थापीत गराउन सफल भएको नेपालले विगतका राजा महाराजा तथा राजनीतिक नेतृत्वका कारण नेपाललाई कुनै न कुनै तवरले भारतलाई सुम्पने गरेको तितो यथार्थ रहेको इतिहास साक्षि रहेको छ ।

नेपालको इतिहासमा सायदै त्यस्तो नेतृत्व हो नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली । जसले भारतको ज्यादतीपूर्ण व्यवहारलाई खुलेरै प्रतिवाद मात्र गर्नुभएन, उहाँले व्यहारमा नै देखाउने बाटोमा एक पछि अर्को कदम चाल्दै अघि बढिरहनुभएको छ । राष्ट्र, राष्ट्रियता, राष्ट्रिय स्वाधिनता, राष्ट्रिय अखण्डता, सार्वभौमसत्ताको रक्षाको निम्ती जनताको चाहना अनुसार अघि बढ्ने चट्टानी अडान तथा दृढताका साथ अघि बढ्ने प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले चालेको कदमले गर्दा भारतमा एक प्रकारको भुकम्प नै गएको छ ।

भारतीय विस्तारवाद, हेपाहा प्रवृक्तिको खुलेरै प्रतिवाद गर्ने एक राजनेताको रुपमा स्थापीत हुनुभएको प्रधानमन्त्री ओलीको नेतृत्वले मात्रै भारतीय हेपाहा प्रवृत्तिको अन्त्य हुने निश्चित भएको छ । हिजो नेपालले भारतीयहरुलाई गुलामी गरी खोज्नुपर्ने अवस्था थियो भने हाल भारतीयहरुले नेपाललाई पल पल खोजिरहेका छन् । नेपालको कदम प्रति तिव्र चासो दिएका मात्र छैनन्, भारतीय नेतृत्व तथा त्यहाँका मिडियाको सातो नै गइसकेको छ ।

भारतले अतिक्रमण गरेको नेपाली भुमि कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा जारी गर्ने ऐतिहासिक कदमले भारतीय राजनीतिमा तरंग पैदा भयो । भारतमा तरंग मात्र हैन, उक्त नेपालको गुमेको भूमि फिर्ता ल्याएरै छोड्ने प्रधानमन्त्री ओलीको कदमलाई रोक्न भारतीय दलालले नेपालको राजनीतिक परिघटनामा ठूलै षड्यन्त्र गर्ने प्रयास गरिरहेका छन् । प्रम अ‍ोली नेतृत्वको सकारले अतिक्रमित भूमि फिर्ता ल्याउने मात्र नभई नागरिकता विधेयकलाई समेत पारित गर्ने प्रकृयामा अघि बढेको छ । जसले गर्दा एक हातमा सिंदुर अर्को हातमा नागरिकता पाउने व्यवस्था तोडिने भएको छ । जसले गर्दा भारतीय लाखौ नागरिकले नेपाली नागरिकता प्राप्त गर्न सक्ने व्यवस्थाको अन्तय हुनेछ । यो सँगै भारतले नेपालको राजनीतिमा खेल्ने खेल समेत बन्द हुने निश्चित भएको छ ।

सीमा तथा नागरिकता विधेयक मात्र हैन, प्रधानमन्त्री ओलीले राम भारतीय नभई नेपाली नै भएको तथ्यपरक ढंगले प्रस्तुत गर्नुभयो । अयोध्या नेपालको ठोरीमा रहेको ऐतिहासिक प्रमाण रहेको उद्घोष गरेसँगै भारतीयहरुको धार्मिक तथा सांस्कृतिक रुपमा समेत हस्तक्षेप तथा नियन्त्रण गर्ने गरेको कुरा खुलेको छ । जसले गर्दा नेपालको धार्मिक तथा सांस्कृतिले भारतलाई नेतृत्व गरेको स्पष्ट भएको छ ।

यस्ता सयौं राष्ट्रियताका सवालमा चट्टानी अडानका साथ अघि बढिरहनुभएका प्रधानमन्त्री ओलीलाई भारतीय डिजाईनमा राजिनामा माग्नु आम नेपाली जनताको लागि कदापी स्वीकार्य हुन सक्दैन । यो नेतृत्वले वेलैमा बुझ हुन्छ । हामी कार्यकर्ता र जनतालाई थाहा छैन के उद्देश्यले तपाई शिर्ष नेताहरुले, जसले दिनमा १८÷१८ घण्टा देश र जनताको लागी समय ब्यतित गर्छन र देशले गुमाएको भुमी र साख फर्काउन लागी परेका प्रधानमंत्रीज्युको राजिनामा चाहानु हुन्छ रु हाम्रो पनि आवाज सुन्न तयार हुनु होस् ।

तपाईहरुलाई जितायर सो स्थानमा पुर्याउने हामीहरु हौं । पार्टी अध्यक्ष र केन्द्रीय कमिटीका कुनैपनि पदमा ६५ वर्ष भन्दा माथी उमेर पुगेकालाई बन्चित गराउने नियम बनाउनुस अनि हामी पूर्णरुपमा तपाईहरुको समर्थन गर्नेछौ. । त्यस्तै विधिको शासनलाई स्थापीत गराउन युवा संघमा पनि ४० वर्ष भन्दा माथिको लागि हटाउने प्रावधानलाई कडाईका साथ लागु गर्नु पर्छ । त्यस्तै स्वतन्त्र विद्यार्थी युनियनको लागि २८ वर्षको उमेर हद कायम गर्ने, राजनीतिक दल वा पार्टीमा ६५ वर्षको उमेर हद निर्धारण गर्नुपर्छ । राजनीतिमा ६५ वर्ष भन्दा मुनिकाले नेतृत्व गर्नुपर्छ । ६५ वर्ष पुगेपछि सरकारले वृद्ध भक्ताको व्यवस्था गरी आरामदायी रुपमा युवा पुस्ताको नेतृत्वलाई सल्लाह सुझाव दिई बस्ने बनाउनुपर्ने अहिलेको अनिवार्य आवश्यकता खड्कीएको छ । जसबाट आम नेपाल र नेपालीको हित हुनेछ । जसले गर्दा समय सापेक्ष नयाँ नेतृत्वको विकास हुँदै जानेछ । यो हाम्रो माग हो । त्यसैले हामी जस्ता राष्ट्रप्रेमी जनता र कार्यकर्ताहरूलाई तपाईहरुको ब्यक्तिगत स्वार्थको लागी लड्नु पर्ने कुनै आवश्यकता छैन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ मंसिर । माछापुच्छ्रे बैंक र ल्याण्डमार्क होटल, रिजोर्ट एण्ड स्पा र द फर्न रेसिडेन्सि (भरतपुर, चितवन) बैंकका ग्राहकहरुलाई छुट

काठमाडौँ, ९ मंसिर । प्रभु बैंक लिमिटेडले ईकेवाईसी सेवा सञ्चालनमा ल्याएको छ । प्रभु बैंक लि. मा खाता खोली कारोबार

काठमाडौँ, ९ मंसिर । एनआईसी एसिया बैंकको आजसम्म सेयर खरिद गर्नेले लाभांश पाउने भएका छन् । अर्थात २० प्रतिशत लाभांश सुरक्षित

काठमाडौँ, ९ मंसिर । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुनको मूल्य घटेर ९२