नेपालमा कोरोनामुक्त ६ जिल्ला घोषणा

काठमाडौँ, ३ साउन । नेपालका ६ वटा जिल्ला कोरोना भाइरसकाे सङ्क्रमणबाट मुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार भोजपुर, पाँचथर, रसुवा, मनाङ, मुस्ताङ र हुम्लामा एक जना पनि सक्रिय सङ्क्रमित छैनन् । ती जिल्लामा एक पटक कोरोना सङ्क्रमित देखिए पनि सबैजना निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ ।

यस्तै आज ५७ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १७ हजार ५ सय २ जना पुगेको छ । मन्त्रालयका अनुसार आज १०३ डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ११ हजार ६ सय ३७ जना रहेको छ भने मृत्यु हुनेको संख्या ४० जना पुगेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ९ मंसिर । भारतमा कोरोना संक्रमितको संख्या ९१ लाख ३९ हजार ८६५ पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार

एजेन्सी, ९ मंसिर । पछिल्लो २४ घण्टामा विश्वमा ५ लाख ४२ हजार ७५७ जना कोरोना संक्रमित थपिएसगै अनुसार हालसम्म कुल

काठमाडौँ, ८ मंसिर । पछिल्लो २४ घण्टामा भारतमा ५०१ कोरोना संक्रमितको मृत्यु भएसगै हालसम्म कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या १

एजेन्सी, ८ मंसिर । अमेरिकामा विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो २४ घण्टामा १ लाख ९१ हजार ३३ जनामा संक्रमण पुष्टि