राष्ट्रपति ट्रम्पद्वारा नागरिकलाई मास्क प्रयोगका लागि अपिल गर्न अस्वीकार

एजेन्सी, ३ साउन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकनहरुलाई मास्क प्रयोगका लागि अपिल गर्न अस्वीकार गरेका छन् ।

अमेरिकाका वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले राज्य तथा स्थानीय तहका नेताहरुलाई सम्भव भएसम्म मास्कको प्रयोग ‘बाध्यकारी’ बनाउन सुझाव दिएपछि ट्रम्पको यस्तो अभिव्यक्ति आएको हो ।

डा. फाउचीले मास्क वा रुमालले मुख छोप्‍नु अति महत्वपूर्ण रहेको भन्दै सबैले प्रयोग गर्नुपर्ने सुझाएका थिए ।  तर, अमेरिकामा मास्कको प्रयोगको विषयलाई राजनीतिकरण गरिएको छ ।

यसअघि मास्क प्रयोग गर्न अस्वीकार गर्दै आएका राष्ट्रपति ट्रम्पले गत शनिबार भने मास्कको प्रयोग गरेका थिए । उनले मास्क प्रयोगको विषयमा बोल्दै मास्क प्रयोग गर्ने विशेष स्थान र समय हुने बताएका थिए ।

तर, राष्ट्रपति ट्रम्पले नागरिकलाई मास्क प्रयोगका लागि अपिल गर्न भने अस्वीकार गरेका हुन् । शुक्रबार फक्स न्यूजसँग कुरा गर्दै ट्रम्पले देशव्यापी रुपमा मास्क अनिवार्य गर्ने पक्षमा आफू सहमत हुन नसक्ने बताएका हुन् । उनले भने, “मानिसहरुका निश्‍चित स्वतन्बताहरु हुन्छन् ।”  उनले आफू व्यक्तिको स्वतन्त्रता हनन् गर्ने पक्षमा नरहेको बताएका छन् ।

तर, दक्षिणी राज्य जर्जियाका रिपब्लिकन गभर्नर ब्रायन केम्पले आउँदो एक महिनाका लागि मास्क प्रयोग अनिवार्य गरेका छन् । अमेरिकामा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३६ लाख ४१ हजारभन्दा बढी पुगेको छ भने एक लाख ३९ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । बीबीसी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ मंसिर । नेपाली सेयर बजार ४ वर्ष अघिकै अवस्थामा आइपुगेको छ । ४ वर्ष अघि अर्थात २०७३ साउन

काठमाडौँ, ११ मंसिर । नेपाल राष्ट्र बैंकले आज बिहीबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । xchange Rate

काठमाडौँ, ११ मंसिर । कोभिड–१९ का कारण विश्वभर अर्थतन्त्रमा समस्या आएका बेला नेपालमा रेमिटेन्स आयमा देखिएको सुधारले सरकारलाई सजिलो बनाएको

काठमाडौँ, ११ मंसिर । सरकारले स्थायी लेखा नम्बर लिएर लामो समय आयकर नतिरेका करदातालाई पुनः फागुनसम्मको समय दिएर कर तिर्न ताकेता