भारतमा कोरोनासंक्रमितको संख्या १० लाख नाघ्यो

काठमाडौँ, ३ साउन । भारतमा कोरोना सङ्क्रमितको संख्या १० लाख ४०  हजार ४ सय ५७ जनामा संक्रमण पुष्टि भएको छ ।

अहिले एसियाकै महामारी केन्द्र बनिरहेकाे भारत विश्वमा काेराेना संक्रमित देशकाे लहरमा तेस्राे स्थानमा छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार अहिलेसम्म भारतकाे काेराेनाका कारण मृत्यु हुनेकाे संख्या २६ हजार २८५ पुगेकाे छ ।

अहिले भातरमा ३ लाख ६० हजार सङ्क्रमित अवस्था मै रहेका छन् । तीमध्ये ८ हजार ९४४ जनाकाे अवस्था भने गम्भीर रहेकाे छ । त्यसैगरी ६ लाख ५४ हजार जना सङ्क्रमण मुक्त भएर घर फर्किसकेका छन् ।

भारतमा कोभिड–१९ नियन्त्रण गर्ने उद्देश्यले गत मार्चमा लगाइएको लकडाउन खुकुलो पारेसँगै संक्रमणमा विस्तार भएको हो । भारत सरकारले जुन ८ मा लकडाउन घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ मंसिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सार्वजनिक सेवा प्रवाहको कामलाई प्रभावकारी बनाउने गरी उच्च गतिको इन्टरनेट

कञ्चनपुर, ८ मंसिर । कञ्चनपुरमा विप्लव समूहका एक जना कार्यकर्ता पक्राउ परेका छन् । गएराति ब्रहदेव हाइवेदेखि महेन्द्रनगरतर्फ पर्चा फाल्दै

काठमाडौँ, ८ मंसिर । लोकतान्त्रिक शासन प्रणालीको उच्चतम अभ्यास गरिरहेका राष्ट्रमा संसदीय समितिको निर्देशन बाध्यात्मक हुने भएकाले त्यस्ता निर्णय गम्भीरताका

चितवन, ८ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड सहभागि हुने दुईवटा पूर्व निर्धारित कार्यक्रममा जिल्ला प्रशासन कार्यालय चितवनले