युवाले खानेपानी मन्त्री मगरको पुत्ला जलाए, तत्काल राजिनामा माग

जनकपुरधाम, २ साउन । जनकपुरस्थित भानु चोकमा युवाहरुले आज खानेपानी मन्त्री बिना मगरको पुतला जलाएका छन् ।

मन्त्री मगरको राजीनामा र इन्जिनियर गोइतलाई सहिद घोषणाको पनि उनीहरुले माग गरेका छन् । धनुषाको कमला नगरपालिकाका ५ घर भएका इन्जिनियर गोइतको २५ वर्षको उमेरमै ज्यान गएपछि उनका परिवार, आफन्त र साथी मर्माहत भएका छन् ।

सरकारको लापरवाहीकै कारण मेलम्ची खानेपानी आयोजनाको सुरङ परीक्षणका क्रममा गाडी दुर्घटनामा इन्जिनियर सतिश गोइतको मृत्यु भएको भन्दै युवाहरुले मन्त्री मगरको पुतला जलाएका हुन् । प्रहरीको अवरोधका बाबजुद पनि पुतला जलाउने क्रममा प्रहरी र प्रदर्शनकारी युवाबीच केहीबेर घम्साघम्सीसमेत भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ मंसिर । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन २ सयले घटेर ९१

काठमाडौँ, १२ मंसिर । नेपाल राष्ट्र बैंकले आज शुक्रबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate

काठमाडौँ, ११ मंसिर । नेपाली सेयर बजार ४ वर्ष अघिकै अवस्थामा आइपुगेको छ । ४ वर्ष अघि अर्थात २०७३ साउन

काठमाडौँ, ११ मंसिर । आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला ९१ हजार ५ सयमा