जहाँ समस्या, त्यहाँ नेकपा : भोटेकोशीका बाढी-पहिरो पिडितलाई राहत वितरण

सिन्धुपाल्चोक, २ साउन । वर्षा यामसँगै देशकै सवैभन्दा बढी बाढी तथा पहिरोले समस्या उत्पन्न गर्ने जिल्लाको रुपमा सिन्धुपाल्चोक रहेको छ । वर्षेनी जनताले भोग्नु परेको बाढी पहिरोको पिडालाई सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जनताको पिडाले दुखेको घाउमा मलम लगाउने कार्यमा अग्रभागमा रहेको छ ।

यसै क्रममा जिल्लाको भोटेकोशी गाउँपालीका वडा नं. ३ लार्चामा गएको बाढी पहिरोमा परि करिव ३४ घर परिवार विस्थापीत भएका छन् । ३४ घर परिवारका करिव दुई सय ५० जनाभन्दा बढी बाढि पहिरोका कारण विस्थापित भई हाल तातोपानी स्थिती भन्सार कार्यालयको हलमा बसिरहेका छन् ।

उक्त स्थानमा बसेको विस्थापीत परिवारलाई नेकपा भोटोकोशी गाउँपालिका अध्यक्ष आङछिरिङ शेर्पाको नेतृत्वमा सोही वडाका नेकपा वडाध्यक्ष फुर्वा शेर्पा फुनुको व्यवस्थापनमा राहत तथा वन्दोवस्तीका सामाग्रीहरु वितरण गरेको छ ।

जनताको दुखको सारथीको रुपमा स्थापित हुँदै गएको नेकपा गाउँ कमिटीले पिडितको लागि एक लाख नगद, ६ महिनासम्म पुग्ने खानेकुरा, १०० पिस त्रिपाल, दुई हजार मिटर प्लास्टिक, ५० पिस सानो खाले सोलारलगायतका दैनिक जीवनमा अत्यावश्यक सामाग्रीहरु वितरण गरेको हो ।

उक्त सामाग्री क्रमिक रुपमा आवश्यकताको आधारमा वितरण गरिने बताउँदै अध्यक्ष शेर्पाले करिव दुई लाख ५० हजार वरावरको सामाग्री वितरण गरिएको जानकारी दिनुभयो । आगामी दिनमा समेत जनताको दुःखमा नेकपा तत्काल हाजिर भई जनताको सारथीको रुपमा अघि बढ्ने बताउँदै प्राकृतिक विपत्तीलाई स्थायी रुपमा समाधान गर्ने योजनाहरु बनाई अघि बढ्ने समेत योजना रहेको बताउनुभयो । व्यवस्थित बस्ती विकासको अपरिहार्यता रहेको बताउँदै उहाँले जनताको दुःख र पिडामा कुनै पनि प्रकारको नकरात्मक राजनीति नगर्न समेत आग्रह गर्नुभयो ।

वडा नं. ३ को अध्यक्ष तथा चेम्वर्सको अध्यक्ष फुर्वा शेर्पा फुनुको नेतृत्वमा भएको उक्त राहत वितरण गरिएको हो । विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै केही दिन अघि अध्यक्ष फुनुको व्यक्तिगत तर्फबाट सेनेटाइजर, माक्र्स ५०० थान, बाढी पिडितलाई चाउचाउ, विस्कुटलगायतका सामाग्रीहरु समेत वितरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ मंसिर । नेपाली सेयर बजार ४ वर्ष अघिकै अवस्थामा आइपुगेको छ । ४ वर्ष अघि अर्थात २०७३ साउन

काठमाडौँ, ११ मंसिर । नेपाल राष्ट्र बैंकले आज बिहीबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । xchange Rate

काठमाडौँ, ११ मंसिर । कोभिड–१९ का कारण विश्वभर अर्थतन्त्रमा समस्या आएका बेला नेपालमा रेमिटेन्स आयमा देखिएको सुधारले सरकारलाई सजिलो बनाएको

काठमाडौँ, ११ मंसिर । सरकारले स्थायी लेखा नम्बर लिएर लामो समय आयकर नतिरेका करदातालाई पुनः फागुनसम्मको समय दिएर कर तिर्न ताकेता