भारतविरुद्ध लडेको सरकारलाई सघाउने की उल्टै उतै लागेर खेद्ने कमरेड !

उपेन्द्र केसी

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान राम भारतमा नभएर नेपालमै जन्मिएको कुरा सार्वजनिक गरेपछि एक थरि जमातलाई ज्वरो आएको छ । देशको प्रधानमन्त्रीले यस्तो कुरा बोल्न हुँदैन थियो भन्दै भारतीय जनता पार्टीका कार्यकर्ता भन्दा चार हातमाथि उफ्रिएर प्रधानमन्त्री ओलीको विरोधमा समाजिक संजालका वालहरु पोतिरहेका छन् । प्रधानमन्त्रीले राम नेपाल जन्मिएको कुरा गरेर ठूलै अपराध गरे झै एक थरि जमातले कोलाहल मच्चाईरहेका छन् । हेर्दै जानु कुनै दिन यो जमातले प्रधानमन्त्री ओलीले भारतले अतिक्रमण गरेको भूमि फिर्ता गर्ने जुन अभियान चाल्दै आएको छन, त्यसको पनि विरोध गरेमा अच्चम मान्नु पर्दैन् । कसलाई थाह छैन र अहिले पार्टी भित्र र वाहिरबाट प्रधानमन्त्रीलाई घेराबन्दी गर्नु र राजीनामाका लागि दबाब सिर्जना गर्नु भनेको यो वा त्यो कारणले उनले भूमि फिर्ताका लागि चालेको अभियानलाई असफल पार्नु हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तर्राष्ट्रिय मंचमा मे भगवान वुद्धके देश से आया हुँ भन्दा नरेन्द्र मोदीको विरुद्ध चू नबोल्ने यो जमात अहिले प्रधानमन्त्रीको विरुद्ध किन खनिरहेका छन ।

सबैलाई थाह छ, भारतीय सरकारलाई खुशी पार्न । प्रधानमन्त्रीले भगवान राम नेपालमै जन्मिएका हुन भन्दा यिनीहरुलाई किन टाउको दुःखेको छ । प्रधानमन्त्रीले पटक–पटक देशको हीतमा, पक्षमा बोल्दा र अडान लिदा यो जमात किन सधै रुवावासी गर्दै छट्टपटाउँछ ।

उता, एक पटक होइन, पटक–पटक प्रधानमन्त्रीले सरकार संचालन गरेको शूरुवाती दिनदेखि नै पार्टीभित्र सरकारलाई असयोग गर्दै आएको कुरा घामजतिकै छर्लङ छ । प्रधानमन्त्री र पार्टी अध्यक्षबाट उनलाई हटाउन वर्षै पहिलेदेखि खेलिदैं आएको गुप्तखेलहरु अहिले आएर प्रकटरुपमा नै देखिएको छ । प्रधानमन्त्री एकलौटी ढंगले चलेको, पार्टीको संस्थागत निर्णय अनुसार नहिडेको लगायतका मुद्धाहरु उठाएर उनीमाथि जारी पार्टीको स्थायी समितिको बैठकमा निर्मम अक्रमण गरिएको छ ।

मुलुक कोरानाका कारण लामोसमयदेखि लकडाउनमा छ । वाढी र पहिरोका कारण मुलुकले धनजनको क्षति व्यहोनु परेको छ । अतिक्रमित भूमी समेटेर नेपालको नक्शा जारी गरेपछि प्रधानमन्त्री ओलीलाई हटाउन सबै प्रकारका अस्त्रहरु प्रयोग गर्दै आएको छ । यो समय पार्टीका नेताहरुले भने जस्तै सरकारका जे जस्ता कमी कमजोरी भए पनि पार्टीले सरकारलाई सघाउनु पर्ने हो । पार्टी र सरकार समन्वय गरेर मुलुकमा उत्पण प्रतिकूल अवस्थालाई चिर्दै अघि बट्नु पर्ने हो । पार्टी र सरकार दुवै मिलेरै कोरनाले सिर्जित अवस्थाको सामना गर्नु पर्ने हो । तर, विडम्वना पार्टी भित्रैबाट सरकारलाई चलमलाउन समेत नदिने गरी हातखुट्टा बाध्नेकाम भैराखेको छ । उल्टै प्रधानमन्त्रीको एकोहोरो राजीनामा माग्ने काम भैराखेको छ । जारी स्थायी कमिटीको बैठकमा प्रधानमन्त्रीको राजीनामा माग्नु भनेको देशलाई फेरी एकपटक अस्थिरताको अन्तहीन गन्तव्यतर्फ धकेल्नु नै हो । स्थायी कमिटीको बैठकले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट उनलाई हटाउने कोशिस गर्नु लोकतान्त्रिक मूल्य र मान्यताको भावना विपरित पनि हो ।

प्रधानमन्त्री केपी ओलीलाई सरकार चलाउन पाँच वर्षका लागि जनताले जनादेश दिएको हो । प्रधानमन्त्रीका रुपमा उनी सफल वा असफल भनेर केरकार गर्ने अधिकार पनि तिनै जनता कै हो । त्यसैले पार्टीको स्थायी कमिटीको बैठकमा अंक गणितका जोडघटाउको खेल खल्दै प्रधानमन्त्रीको राजीनामा माग्नु जनादेश विपरीतको माग हो । र, त्यसो गर्नु भनेको नेपाली जनताले दिएको जनादेशमाथिको घोर अपमान पनि हो । त्यो लोकतान्त्रिक चरित्र र संस्कार हुँदै होइन ।

केही महिना पहिले लकडाउनको बेला प्रधानमन्त्रीले अध्यादेश ल्याउँदा यो उपयुक्त समय होइन, भनेर प्रधानमन्त्रीलाई पछि हट्न वाध्य बनाईयो । प्रधानमन्त्रीले पार्टीभित्र विरोध भएपछि त्यसलाई फिर्ता लिए । लकडाउनका बेला प्रधानमन्त्रीले अध्यादेश ल्याउँदा यो समय उपयुक्त होइन भनेर विरोध गर्दै कोलाहल मच्याउनेहरुले अब भन्नु पर्छ– के प्रधानमन्त्रीलाई राजीनामा दिन चौतर्फि घेराबन्दी गर्ने चाहीँ यो उपयुक्त समय हो ? भारतले वर्षै पहिलेदेखि मिच्दै आएको भूमी फिर्ता ल्याउने प्रक्तिया अघि बढाईरहेका प्रधानमन्त्रीलाई हठात यो वा त्यो वहानामा पदच्यूत गर्न खोज्नुको भित्री नियत के हो ? प्रधानमन्त्रीको राजीनामा माग गर्दै ताली ठोक्ने नेताहरुले यसको जवाफ दिन पर्छ कि पर्दैन ? कि आफूले जे गर्दा पनि ठिक अर्कोले त्यही काम कुरा गरे बेठिक हुने हो ? हो, प्रधानमन्त्रीका पनि कमी र कमजोरी छन् होला, त्यो उनले पनि सच्याएर अघि बढ्नु पर्छ । हो, पार्टी विधि र विधान अनरुप संस्थागत हिसावले अघि बढ्नुपर्छ, यसमा दुई मत छैन् । सरकार पनि पार्टीले भने अनरुप चल्नु पर्छ । पार्टीले गरेका संस्थागत निर्णयहरु प्रधानमन्त्रीले मान्नैपर्छ । पार्टी एकातिर सरकार अर्कोतिर हुनु हुँदैन । तर, हामीले दुई पार्टी एक भएदेखि नै पार्टी र सरकार खोलाका दुई किनारा जस्तो भएर चलेको देख्दैआएका छौ । अहिले मात्रै होइन, प्रधानमन्त्री ओली भएदेखि नै पार्टी देखि सरकार तर्सिने र सरकारदेखि पार्टी तर्सिनु पर्ने अवस्थामा, पार्टीमा आएकै होइन र ? अब, पार्टीलाई एकमना एकताका साथ अघि बढाउनुको विकल्प छैन् । पार्टीमा देखिएका चुनौतिहरुलाई चिर्दै एकताका साथ अघि बढ्ने क्षमता नेताहरुले देखाउनै पर्छ । मेरो गोरुको वाह्रै टक्काको नीतिले न पार्टी अघि बढ्न सक्छ,नत सरकार नै । पार्टी एकाध नेताहरुको स्वार्थ पूर्ति गर्ने कल्ब मात्रै बन्नु भएन । नेताहरुको पदीय आंकक्षा पूर्ति गर्न सधै पार्टीमा अनावश्यक चलखेल गरेर दुनियाँ हसाउने काम नेताहरुले गर्नु भएन् । यो ,पार्टी एकाध नेताहरुको मात्रै होइन, यो पार्टीमा असंख्य नेता– कार्यकर्ताहरुको भाग्य र भविष्य पनि जोडिएको छ भन्ने कुरा नेताहरुले कहिले ख्याल गर्ने ?

यो समय हामी सबै कोरानो विरुद्ध लड्नु पर्ने हो । कोराना विरुद्ध लडिरहेको सरकारसंग होइन् । कोरानाका कारण देशको अर्थतन्त्र ओरालो लाग्ने निश्चिित छ । ओरालो लागेको अर्थतन्त्रलाई कसरी उठाउने भन्ने विषयमा नेकपाको स्थायी कमिटीको बैठकमा एजेण्डा बन्नु पर्ने थियो । पर्यटन, कृषि र होटल व्यवसायलाई परिवर्तित समयमा कसरी अघि बढाउने विषय नेकपाका शीर्ष नेताहरुबीच छलफल र वहस हनु पथ्यो । भारतले मिचेको कालापानी, लिपीयाधुरा र लिपुलेकको भूमिलाई चाँडो भन्दा चाँडो फिर्ता कसरी ल्याउन सकिन्छ भन्ने जारी स्थायी कमिटीको बैठकमा ऐजेण्डा बन्नु पर्ने थियो ।

लकडाउनका कारण ज्याला–मजदुरी गरी खाने विपन्व परिवारलाई भोकै नराख्नका लागि बैठकमा ऐजेण्डाको सूची तय गर्नु पर्ने थियो । लकडाउनका कारण गाउँ फर्किएका युवाहरुलाई अब गाउँमै रोजगारीका नयाँ–नयाँ अवसरहरु कसरी सिर्जना गर्ने भन्ने विषयमा नेताहरु छलफलमा केन्द्रित हुनु पथ्यो । तर, यी सबै एजेण्डालाई छोडी काम कुरा एकतिर कुम्लोबोकि ठिमितिर भने झै दुनियाँलाई रमिता देखाउँदै कम्युनिष्ट पार्टीका नेताहरु यो बेलामा पनि आ–आफ्नो राजनीतिका स्वार्थका रोटीहरु सेकिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । सरकारले घोषणा गरेका समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुगेको छ ।   भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

काठमाडौँ, १५ चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिक्का हेक्काबीच

काठमाडौँ, १५ चैत । अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि बेलायतका राजदूत रब फेनबीच भेटवार्ता भएको छ । आज राजदूत फेनले

काठमाडौँ, १५ चैत । बुढानीलकण्ठ स्कुलको प्रचार गरेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठको आलोचना भएको छ ।