लिम्पियारधुरासहितको नयाँ नक्साबारे तथ्य प्रमाण समेटेर पुस्तक प्रकाशन गरिने

काठमाडौँ, २ साउन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले लिम्पियाधुरा समेतको भूभाग समेटिएको नक्सा र समग्र सीमासँग सम्बन्धी विषय, तथ्य प्रमाणहरु समेटेर पुस्तक प्रकाशन गर्ने बताएकी छिन् ।

आज मन्त्रालयले आयोजना गरेको पुस्तक बिमोचन कार्यक्रममा बोल्दै मन्त्री अर्यालले सिङ्गो सीमासँग जोडिएका विषय र त्यो क्षेत्रलाई विष्तृत रुपमा पुस्तकमा लिपिबद्ध गर्नुपर्छ भनेर नापी विभागमार्फत मन्त्रालयले कामको थालनी गरेको बताइन् ।

उनले भनिन्, ‘कालापानी, लिम्पियाधुरासम्मका भएका इतिहास, ऐतिहासिक पक्ष, अन्तराष्ट्रिय सीमा सिद्धान्तलाई राखेर तथ्य प्रमाणहरु राखेर निकट भविश्यमै त्यो किताब प्रकाशन गर्ने तयारीमा छौ ।’ मन्त्रालयको नेतृत्व भूमि प्रशासनको क्षेत्रमा नयाँ ढंगले जानका निम्ती जमर्को गरिरहेको भन्दै उनले एकपछी अर्को गर्दै बिगतमा भन्दा सिर्जनशील, प्रगतिशिल र मौलिक ढंगले अगाडी बढ्ने प्रयत्नमा रहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बैतडी, १३ मंसिर । बैतडीको सदरमुकामस्थित दशरथचन्द नगरपालिका क्षेत्रमा १० दिनका लागि लकडाउन घोषणा गरिएको छ ।  कोरोनाको जोखिम बढ्दै गएको

काठमाडौँ, १३ मंसिर । रुपन्देही, कपिलवस्तु र गोरखा एक-एक गरी थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल

कालीकोट, १३ मंसिर । जिल्लाको पलाँता गाउँपालिकाबाट गर्भवती महिलाको स्थानीय स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि हेलिकप्टरमार्फत थप उपचारका लागि सुर्खेत लगिएको

रुकुम पश्चिम, १३ मंसिर । आठबीसकोट नगरपालिकामा जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । शुक्रबार साँझ