घुससहित समातिए इटहरी उपमहानगरपालिकाका लेखा अधिकृत

विराटनगर, २ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले इटहरी उपमहानगरपालिकाका लेखा अधिकृत विकास पोखरेललाई घुससहित रंगेहात पक्राउ गरेको छ ।

बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय इटहरीले उपमहानगरका लेखा अधिकृत पोखरेललाई ६५ हजार घुससहित रंगेहात पक्राउ गरेको हो ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार विद्यालयको परीक्षा योजनाको खर्च हिसाब मिलान गर्न उनले सेवाग्राहीसँग घुस मागेका थिए । उक्त रकम लिन बिहीबार साँझ उनी इटहरीको वीपी चोकमा रहेको समिप होटलमा पुगेका थिए । सोही होटलबाट पोखरेललाई घुस लिएर निस्कन खोज्दा अख्तियारको टोलीले पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ मंसिर । एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लि. उत्कृष्ट कर सहभागिता गरेको विधामा सम्मानित भएको छ ।

काठमाडौँ, ८ मंसिर । आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन स्थिर रह्दै ९४

काठमाडौँ, ८ मंसिर । आइएमई रेमिट विप्रेषणतर्फ सबैभन्दा धेरै आयकर तिर्ने कम्पनीका रुपमा सम्मानित भएको छ । आन्तरिक राजस्व विभागले कर

काठमाडौँ, ८ मंसिर । नेपाल राष्ट्र बैंकले आज सोमबार बोलकबोल प्रक्रियाका माध्यमबाट १४ अर्ब ८१ करोड ३२ लाख रुपैयाँ बराबरको