मध्य र पूर्वी चीन डुबान हुदा १४० जनाको मृत्यु

एजेन्सी, २ साउन । मध्य र पूर्वी चीनको बस्ती बाढी र डुबान हुदा हालसम्म १ सय ४० जनाको मृत्यु भएको पुष्टि भएको छ भने केही हराइरहेका छन् ।

दसौं लाख मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ । कतिपय पक्की घरहरु पनि भत्किएका छन् । चीनमा ६ दशकयताकै भारी वर्षा भएको बताइएको छ । बाढीले नौ वटा प्रान्त प्रभावित भएको बताइएको छ । अझै पाँच दिनसम्म भारी वर्षा हुने चीनका मौसमविदहरुले पूर्वानुमान गरेका छन् ।

चिनियाँ अधिकारीहरुले देशका ३३ वटा नदीहरुमा उच्च बहाव भएको जानकारी दिएका छन् । सैनिक परिचालन गरी अस्थायी बाँध मर्मत गरिएको छ ताकि दक्षिण–पूर्वी चीनको चियाङ्गसिङ्ग प्रान्तको लुशान शहरलाई जोगाउन सकियोस् ।

चिनियाँ अधिकारीहरुले यो बाढी र डुबानले चीनको विकासमा कुनै असर नपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ मंसिर । नेपाली सेयर बजार ४ वर्ष अघिकै अवस्थामा आइपुगेको छ । ४ वर्ष अघि अर्थात २०७३ साउन

काठमाडौँ, ११ मंसिर । नेपाल राष्ट्र बैंकले आज बिहीबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । xchange Rate

काठमाडौँ, ११ मंसिर । कोभिड–१९ का कारण विश्वभर अर्थतन्त्रमा समस्या आएका बेला नेपालमा रेमिटेन्स आयमा देखिएको सुधारले सरकारलाई सजिलो बनाएको

काठमाडौँ, ११ मंसिर । सरकारले स्थायी लेखा नम्बर लिएर लामो समय आयकर नतिरेका करदातालाई पुनः फागुनसम्मको समय दिएर कर तिर्न ताकेता