विश्वलाई नै उर्जाको स्रोत ‘राष्ट्रपति विद्यादेवी भण्डारी’

मनकुमारी जिसी

विश्वका शक्तिशालि महिला १०० महिला भित्र हाम्रो देशको सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी पर्नु आम नेपालीले खुशियाली मनाउनु पर्दछ । उहाँको कार्यकाललाई स्वर्णिम बनाउन सक्यौ भने राष्ट्रप्रतिको सम्मान हुन्छ भन्ने बिश्वास लिनु पर्दछ । गणतन्त्र नेपालको गरिमामय पदमा दुई-दुई पटक सम्माननीय राष्ट्रपतिको रुपमा पाउनु नेपालीहरुका लागि खुशिको कुरा हो । सारा विश्वलाई नै उर्जा दिएको छ । मानिसले मनोविज्ञानमा सकारात्मक प्रभाव पारेको छ । विशेष गरि महिलाहरुको मनोबल उच्च भएको महशुस गर्दछु ।

१०० वर्ष पहिलाको सति प्रथा र अहिलेको सितल निवाससम्मको यात्रा सम्झदा त ! सगरमाथाकै चुचुरोमा पाईला टेकेको खुशियालि छाउँछ । राज्यका हरेक निकायमा ३३ प्रतिशत सहभागिताले राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रुपमा पारेको सकारात्मक प्रभावको लेखाजोखा गरेर समीक्षा गरेर अगाडि बढ्न सक्यौ भने अवश्य प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्न सक्छौं ।

सामाजिक न्याय र समानताको लागि सम्माननीय राष्ट्रपति ज्युले विशेष समय उपलब्ध गराई महिला सांसदहरुलाई श्रमिक महिला दिवस, तिज विशेष कार्यक्रमहरुमा समेत महिला कै विषयमा केन्द्रीकृत रहि दिसाबोध गराउनु भएको क्षण हाम्रा लागि अमुल्य र लाभदायि पनि बने ।

आफुलाई राष्ट्रको प्रमुखका साथै कुशल आमाको रुपमा प्रशिक्षित गर्ने उहाँको स्वभावलाई उच्च सम्मान गर्नु पर्ने बेलामा कहिले काहीँ नबुझि नसोचि लगाउने लान्छनाले धेरै दुखि बनाउँछ । तर पनि सूर्यमा ग्रहण सधै टिकिरहन सक्दैन । नेपाली महिलाहरुले झन गौरब गर्नुपर्छ हाम्रा कलमहरु चल्नु पर्छ । एक स्वरमा बोल्नु पर्छ । खुशिले थप कार्य गर्नु पर्छ । समाजमा रहेका सबै भेदभावको अन्त्य गर्न लाग्नु पर्छ ।

संविधानले दिएको समानतालाई पूर्ण रुपमा पालना गर्न नीति नियम र विधि भित्र रहेर कार्य गर्न र सबैको मान सम्मान र समानुभुति अनुभूति गर्न पनि हाम्रो काधमा धेरै जिम्मेवारीता छ । हाम्रो ईतिहास बर्तमान र भबिष्यलाई सूक्ष्म रुपमा अध्ययन अनुसन्धान र मार्गनिर्देश गर्न सक्ने बनाउन । स्वाबलम्बि र आत्मिनर्भर, आत्मअनुशासन कायम गर्ने बनाउन हाम्रो हरदम प्रयास हुनु आजको आवश्यकता रहेको छ । हिजो मताधिकारको लागि संघर्ष, आज प्रतिनिधित्वको लागि संघर्ष भोलि समान अस्तित्व र हैसियत कायम गर्दै सबैका लागि मार्तित्वको खाँचो महशुसिकरण बनाउन पनि अझै अथक प्रयासहरु गर्नु आजको आवश्यकता रहेको छ ।

प्रतिनिधिसभा सदस्य

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । सर्वोच्च अदालतले सार्वजनिक निकायहरूले सेवा करार वा श्रम आपूर्तिकर्ता मार्फत श्रमिकहरू लिँदा श्रम ऐन र नियमले तोकेको

काठमाडौँ, ६ असोज । काठमाडौँको त्रिपुरेश्वरमा चालक दावा लामाले गरेको आत्मदाह प्रयासपछि पूर्वमन्त्री  सुमना श्रेष्ठले राज्य संयन्त्र, कानुन कार्यान्वयन र मानवीय

काठमाडौँ, ६ असोज । प्रधानमन्त्री बालेन शाहले मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँग टेलिफोन वार्ता गरेका छन् । आज बिहान भएको टेलिफोन वार्तामा

काठमाडौँ, ६ असोज । परराष्ट्रमन्त्री शिशिर खनाल र जापानका विदेशमन्त्री मोटेगी तोसिमित्सुबीच द्विपक्षीय भेटवार्ता भएको छ । उनीहरूबीच संयुक्त राष्ट्रसंघको ८१औँ