लिफ्ट दिने भन्दै बलात्कार, चार जना पक्राउ

पाेखरा, १ साउन । कास्कीमा गाडीमा लिफ्ट दिने भन्दै एक युवतीलाई बलात्कार गर्न खोजेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार असार ३० गते पोखरा महानगरपालिका–२ बाट नीलो रंगको ग १ च ७७४५ नम्बरको कारमा आएका उनीहरुले एक बालिकालाई लिफ्ट दिने भन्दै जबरजस्ती गाडीमा हालेका थिए ।

त्यसपछि लेकसाइडमा रहेको एक होटलमा लगेर जबरजस्ती गरेको सूचनाको आधारमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा कास्कीको अन्नपूर्ण गाँउपालिका–१० घर भइ अन्नपुर्ण–३ मा बस्ने २४ वर्षीय कपिल गुरुङ, अन्नपूर्ण–३ का २२ वर्षीय योगेश थकाली, माछापुच्छ्रे–७ घर भइ अन्नपूर्ण–३ काडे बस्ने १९ वर्षीय पुकार गुरुङ र अन्नपूर्ण–३ कै १८ वर्षीय सुशल गुरुङ रहेका छन् ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ जेठ । सौन्दर्य प्रतियोगिता मिस युनिभर्स नेपालका लागि आवेदन खुलेको छ । सोमबार काठमाडौँको सोल्टी क्राउन प्लाजामा आयोजित

काठमाडौँ, ३१ वैशाख । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा सहभागी हुने भएका छन् । उनी आज

काठमाडौँ, ३१ वैशाख । ‘मिस पबी’ अब कमेडी शोमा देखिने भएकी छन् ।  उनी विक्की अग्रवालले निर्माण तथा निर्देशनमा ल्याउन

काठमाडौँ, ३० वैशाख । अभिनेत्री करीना कपूर खान द्वारा लिखित पुस्तक ‘करीना कपूर खान बाइबिलः द अल्टीमेट मेन्युल फर मम्स