सार्वजनिक यातायात क्षेत्रका समस्या समाधान गर्न सरकारले पहल गर्छ: प्रम ओली

काठमाडौँ, १ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक यातायात सञ्चालनका लागि सरकारले आफ्नो सामथ्र्यले सकेसम्म सहयोग गर्ने वताउनु भएको छ ।

कोभिड– १९ को महामारी पश्चात् यातायात सञ्चालनमा देखिएका समस्याबारे ज्ञापनपत्र बुझाउन आएको यातायात ब्यवसायी र मजदूर संगठनका नेताहरुको प्रतिनिधि मण्डलसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले कोभिड–१९ को महामारीपछि दैनिक जीवन, अर्थतन्त्र, सेवा र रोजगारी सम्बन्धी सबै क्षेत्र प्रभावित भएको उल्लेख गर्दै सार्वजनिक यातायात सञ्चालन गर्न यस क्षेत्रका समस्या समाधान गर्न पहल गर्ने वताउनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘कोभिड–१९ को महामारीपछि सबै क्षेत्र प्रभावित हुन पुगे । जनताको दैनिक जीविका, विकास, अर्थतन्त्र र सेवा, सबै क्षेत्रमा यसको प्रभाव छ । सबै क्षेत्रका समस्या सरकारले समाधान गरिदिए हुन्थ्यो भन्ने परिरहेको छ, यस्तो स्वाभाविक पनि हो । सार्वजनिक यातायात सञ्चालन गर्न के कस्तो सहयोग गर्न सकिन्छ, सरकारले पहल गर्ने छ ।’

प्रधानमन्त्री ओलीसँग नेपाल यातायात ब्यवासायी राष्ट्रिय महासंघ र यातायात मजदूर संगठनका प्रतिनिधिहरुले भेट गर्नुभएको थियो । प्रतिनिधि मण्डलमा महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, महासचिव सरोज सिटौला, उपमहासचिव बसन्त भण्डारी, नेपाल यातायात स्वतन्त्र मजदूर संगठनका अध्यक्ष भीमज्वाला राई, अखिल नेपाल यातायात मजदूर संघका रामचन्द्र कार्की र नेपाल यातायात मजदूर संघका धर्मराज भण्डारी सहभागि हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ वैशाख । खरबुजा गर्मीको बेला हाम्रो शरीरलाई निकै फाइदाजनक फल हो । खरबुजामा पाइने पानीको कारणले शरीरलाई हाइड्रेटेड

काठमाडौँ, ६ बैशाख । पोखराको राष्ट्रबैंक चोकमा माइक्रो र स्कार्पिओ आपसमा ठोकिँदा ८ जना घाइते भएका छन् । कास्की प्रहरीका

काठमाडौँ, ६ बैशाख । यूएईलगायत खाडी क्षेत्रमा भीषण वर्षाका कारण उडान रोकिँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा सयौँ यात्रु अलपत्र परेका

काठमाडौँ, ६ बैशाख । धनुषामा एक ट्रक प्याज बरामद भएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण धनुषाले १५२