यी १२ कारणले नुनलाई पखालेर गुलियो र प्रचण्डलाई सुधारेर देशभक्त बनाउँछु भन्नू उस्तै

विकास भुसाल

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डलाई सुधारेर देशभक्त बनाउँछु र नुनलाई पखालेर गुलियो बनाउँछु भन्नु लगभग उस्तै जस्तो भएको छ ।

नेकपा स्थायी कमिटीको बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दुवै पदबाट केपी शर्मा ओलीले राजिनामा दिनुपर्ने माग गरेका थिए । बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीबाट भारतले राजिनामा मागेको नभई आफुले मागेको बताएको एक सदस्यले जानकारी दिए । उनले दिएको अभिव्यक्तिबाट के प्रष्ट हुन्छ भने उनी भारतीय एजेण्ट, दलाल, राष्ट्रघाती, विकास विरोधी तथा सत्ता स्वार्थका भोका हुन् ।

यसबाट के प्रष्ट हुन्छ भने भारतको इसारामा अध्यक्ष प्रचण्ड लगायतको टिम परिचालित भएको सजिलै बुझ्न सकिन्छ । यसै त प्रचण्डलाई भारतले नै हुर्काएको व्यक्तिको रुपमा आलोचित हुँदै आएका छन् । भारतको इसारामा नै प्रचण्डले पार्टी तथा सरकारलाई असफल बनाउन एक पछि अर्को कदम यो वा त्यो बहाना बनाउँदै आएका छन् । उनकै योजनामा सरकारले गरेका राम्रा कामलाई समेत छोपिने गरी कुप्रचार हुने गरेको आम नेपाली जनताले प्रष्ट बुझेका छन् ।

हिजो पूर्वएमाले वा केपी ओलीको आर्शिवाद नपाएको भए चुनावमा समेत हार्ने निश्चित भएको थियो, प्रचण्डमा । यो तितो सत्य हो । स्थानीय तहमा कांग्रेसको बुई जढ्दा तत्कालिन माओवादी रातको समयमा टर्च लाईट लगाएर खोज्नुपर्ने अवस्थामा पुर्याएका प्रचण्डले अब पनि नेतृत्वमा रहे भने नेकपालाई सोही अवस्थामा पुर्याउने लगभग निश्चित जस्तै देखियो ।

प्रचण्डलाई सुधारेर देशभक्त बनाउँछु र नुनलाई पखालेर गुलियो बनाउँछु भन्नू उस्तै, किनभने

१. हजारौको हत्यारा तिमी, हजारौं नेपाली युवाहरूलाई भिडाएर कयौं चेलीहरुको सिन्दुर खोस्ने,
२. हजारौं आमाबुबाहरुको सन्तान खोस्ने,
३. विकास विरोधी,
४. कार्यालय भवन र विद्यालयहरु बमले उडाइदिने,
५. सोझा मानिसहरुलाइ पनि सुराकी भनेर जिउदै खाडलमा पुर्ने,
६. लाखौं युवाहरुलाई बेरोजगारी बनाइदिने,
७. जनयुद्धमा लडेका लडाकुहरुलाई खाडिमा पसिना बगाउन र आफ्ना नाता पर्ने हरुलाई मन्त्रालयको जिम्मेवारी सुम्पाउने,
८. पदको लागि चुनाबमा मतपत्र च्यात्ने,
९. देशमा कुनै विकास निर्माणका कामहरु नगर्ने,
१०. जनताले परास्त बनाइसकेको,
११. भारतीय दलाल पनि र अवस्था बुजेर पनि पदको लागि Raw का Agent सङ भेटवार्ता गरि पार्टी फुटाउन खोज्ने,
१२. मतपत्र च्यातेर जिताउने दिदिलाई अनि ब्यक्तिलाई हैन विधिलाई भन्ने ।

त्यसैले तिमी कसरी कसरी राजनेता, रास्ट्रवादी, देशभक्त छोरा हँ ? तिमीलाई जति सुधारे पनि रास्ट्रवादी बन्न सक्दैनौ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असार । प्रहरीले लागुऔषध नियन्त्रण ब्यूरोले लागुऔषध मुद्दामा फरार दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा

काठमाडौँ, ९ असार । वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाई टर्की र बेलायत पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा

हेटौंडा, ९ असार । खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका–१८ सुकौराका ३७ वर्षीय

झापा, ९ असार । झापाको गौरीगञ्जमा आज बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगञ्ज–३ सयपत्री