एजेन्सी, २८ असार । स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले सर्घषपूर्ण जित निकालेको छ ।
गएराति भएको खेलमा रियल भालाडोलिडलाई १-० गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले सर्घषपूर्ण जित निकालेको हो । बार्सिलोनाको जितमा अर्टुरो भिडालले निर्णायक गोल गरे । खेलको १५ औं मिनेटमा भिडालले गरेको गोल बार्सिलोनाको जितमा निर्णायक बन्यो । उनले लियोनल मेस्सीको पासलाई सदुपयोग गर्दै गोल गरेका हुन् ।
जितसँगै बार्सिलोनाले ३६ खेलमा ७९ अंक बनाएको छ । एक खेल कम खेलेको रियल म्याड्रिडको ८० अंक रहेको छ । रियलले सोमबार राति हुने खेलमा ग्रानडाको सामना गर्दैछ । ३९ अंक जोडेको भालाडोलिड १४ औं स्थानमा छ ।





