भारतीय रिमोट कन्ट्रोलबाट चल्ने राजनीति बन्द गरौं: संयोजक महर

काठमाडौँ, २५ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली विद्यार्थी संगठन अनेरास्ववियूका संयोजक ऐन महरले नेपालमा भारतीय टिभी च्यानल बन्द भएजस्तै भारतीय रिमोट कन्ट्रोलबाट चल्ने राजनीति पनि तत्काल बन्द गर्नुपर्नेमा जोड दिनुभएको छ ।

विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ)हरुले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेका छन् । च्यानल वितरकहरुले बिहीबार साँझदेखि सरकारी स्वामित्वको दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोक्ने निर्णय गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली तथा चिनिया राजदुत होउ यान्कीलाई जोडि अनावश्यक तथा भ्रामक समाचार सम्प्रेषण गरेसँगै नेपालको स्वाभिमान, सार्वभौमसत्ता, राष्टिय अखण्डतालगायतका कुराहरुमा चुनौति दिएको भन्दै आजदेखि नेपालमा भारतीय टेलिभिजनहरु बन्द गरिएको हो ।

भारतीय च्यानहरु बन्द गरे जस्तै नेपालमा भारतीय रिमोर्टबाट चल्ने राजनीतिलाई पनि सधैंको लागि बन्द गर्नुपर्नेमा संयोजक महरले जोड दिनुभयो । नेकपाको स्थायी कमिटीको बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवै पदबाट राजिनामा मागिएपछि विवादरमा रहेको राजनीतिलाई शुद्धिकरण गर्नुपर्नेमा उहाँको जोड रहेको छ ।

उहाँले सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘ नेपालमा भारतीय टिभी च्यानल बन्द गर्ने निर्णयको स्वागत गर्दै भारतीय रिमोट कन्ट्रोलबाट चल्ने राजनितिको पनि सदाको लागि अन्त्य गरौं !’

पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ लगायतले प्रधानमन्त्री ओलीको राजिनामा माग्नुभएको छ । प्रधानमन्त्री ओलीको राजिनामा मागिएसँगै प्रधानमन्त्री ओलीको समर्थनमा विगत केही दिनअघिदेखी सडक आन्दोलन समेत चर्किएको छ ।

भारतको इसारामा प्रधानमन्त्री ओलीको राजिनामा मागिएको भन्दै स्वतन्त्र युवाहरु सडकमा आएका छन् । भारतीय मिडियाले अघिल्लो दिन बोलेको कुरा नेपालमा भोलीपल्ट सोही अनुसार प्रधानमन्त्री विरुद्धमा पार्टीको बैठकमा अध्यक्ष प्रचण्डले प्रस्तुत हुनुमा गंभिर षड्यन्त्र हुन सक्ने जनताले आशंका गरेका छन् । प्रधानमन्त्री ओलीको नेतृत्वको सरकारले लिपुलेक, कालापानी तथा लिम्पियाधुरा, नागरिकता विधेयक पास गर्ने प्रकृयामा रहेसँगै भारतीय ग्राण्ड डिजाईनमा प्रधानमन्त्री ओलीको राजिनामा मागिएको भन्दै जनता आक्रोसित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने कामसहितको २६ बुँदे सुझाव

काठमाडौँ, १५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।  अज

काठमाडौँ, १५ चैत । कर्जा प्रवाह बढ्न नसकेपछि ६ खर्ब ६१ अर्ब लगानीयोग्य रकम बैंकमै थुप्रिएको छ । अर्थतन्त्रका बाह्य सूचकमा

काठमाडौँ, १४ चैत । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री शक्तिबहादुर बस्नेतले लोडसेडिङ हुन लागेको हल्ला सही नभएको दाबी गरेका छन्